जंगली हात्तीबाट बाली जोगाउन ‘मोवाइल फेन्सिङ’
मेचीनगर । छिमेकी मुलुक भारतबाट आउने जंगली हात्तीबाट किसानले लगाएको धानबाली जोगाउन मेची किनारमा ‘मोवाइल फेन्सिङ’ लगाइएको छ । मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले एक कार्यक्रमका बिच आज उक्त ‘मोवाइल फेन्सिङ’ उद्घाटन गरेका हुन् ।
मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय विगाह जमिनमा लगाउन थालिएको ‘मोवाइल फेन्सिङ’(मौसमी फेन्सिङ) मध्ये दोस्रो खण्ड नगरप्रमुख बुढाथोकीले आज १ नं वडाको करिब १०० बिगाहा जमिनमा फैलिएको फेन्सिङको स्विच अन गरि करेन्ट छाड्दै विधिवत् रूपमा उद्घाटन गरे ।
मेचीनगरको पहलमा सुरु भएको ‘मोवाइल फेन्सिङ’ घेराबारा गर्न इसिमोड नेपालको १३ लाख आर्थिक सहयोग तथा उज्यालो नेपाल बर्दियाको प्राबिधिक सहयोग रहेको छ ।
फेन्सिङको उद्घाटन गर्न फिल्डमा पुगेका नगरप्रमुख बुढाथोकीले बाहुनडाँगीमा हात्तीको समस्या धेरै रहेको बताउँदै त्यसलाई समाधान गर्न लागि परिरहेको बताए ।

बाहुनडाँगी क्षेत्रमा हात्ती समस्या बर्षौ देखि चल्दै आएता पनि यसलाई निर्मुल पार्न धेरै प्रयत्न थालिएको छ । जस मध्येको एक फेन्सिङ पनि रहेको उनले बताए । कम लागतमा जडान हुने फेन्सिङले जंगली हात्तीबाट बाली जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो । त्यहाँ सफल भएपछि मेचीनगरको बाहुनडाँगीमा प्रयोगमा ल्याइएको ईन्जिनियर चिरायु थापाले जानकारी दिए ।
उद्घाटन कार्यक्रम नगरप्रमुखसहित मेचीनगर १ का वडाध्यक्ष राजकुमार राई, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, पुर्व मेचीनगर १ का वडाध्यक्ष पासाङ तामाङ, कार्यपालिका सदस्य तुलसा देवान, उज्यालो नेपाल बर्दियाका ईन्जिनियर चिरायु थापा, प्राविधिक नवराज पोख्रेललगायत स्थानीयको सहभागीता रहेको थियो ।
विद्यार्थीलाई मनोसामाजिक स्वास्थ्य र सुरक्षित स्थानबारे सचेतना
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर–४ : महिलालाई कृषि–पर्यावरणीय खेती तालिम
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगरमा ‘दोस्रो आदर्श इण्डो कराते खुल्ला प्रतियागिता’ हुने
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टामा पर्यटन विकास र सम्भावनाबारे अन्तरक्रिया
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
‘प्रमाणबिना दोषी नठहर्याऊँ, प्रहरीको मनोबल नखसालौँ’
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
आठौं वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गर्यो ‘हाम्रो खबरपाटी’
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
लैङ्गिक हिंसा प्रतिकार्यसम्बन्धी दुईदिने तालिम सम्पन्न
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
