जंगली हात्तीबाट बाली जोगाउन ‘मोवाइल फेन्सिङ’

मेचीनगर । छिमेकी मुलुक भारतबाट आउने जंगली हात्तीबाट किसानले लगाएको धानबाली जोगाउन मेची किनारमा ‘मोवाइल फेन्सिङ’ लगाइएको छ । मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले एक कार्यक्रमका बिच आज उक्त ‘मोवाइल फेन्सिङ’ उद्घाटन गरेका हुन् ।
मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय विगाह जमिनमा लगाउन थालिएको ‘मोवाइल फेन्सिङ’(मौसमी फेन्सिङ) मध्ये दोस्रो खण्ड नगरप्रमुख बुढाथोकीले आज १ नं वडाको करिब १०० बिगाहा जमिनमा फैलिएको फेन्सिङको स्विच अन गरि करेन्ट छाड्दै विधिवत् रूपमा उद्घाटन गरे ।
मेचीनगरको पहलमा सुरु भएको ‘मोवाइल फेन्सिङ’ घेराबारा गर्न इसिमोड नेपालको १३ लाख आर्थिक सहयोग तथा उज्यालो नेपाल बर्दियाको प्राबिधिक सहयोग रहेको छ ।
फेन्सिङको उद्घाटन गर्न फिल्डमा पुगेका नगरप्रमुख बुढाथोकीले बाहुनडाँगीमा हात्तीको समस्या धेरै रहेको बताउँदै त्यसलाई समाधान गर्न लागि परिरहेको बताए ।

बाहुनडाँगी क्षेत्रमा हात्ती समस्या बर्षौ देखि चल्दै आएता पनि यसलाई निर्मुल पार्न धेरै प्रयत्न थालिएको छ । जस मध्येको एक फेन्सिङ पनि रहेको उनले बताए । कम लागतमा जडान हुने फेन्सिङले जंगली हात्तीबाट बाली जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो । त्यहाँ सफल भएपछि मेचीनगरको बाहुनडाँगीमा प्रयोगमा ल्याइएको ईन्जिनियर चिरायु थापाले जानकारी दिए ।
उद्घाटन कार्यक्रम नगरप्रमुखसहित मेचीनगर १ का वडाध्यक्ष राजकुमार राई, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, पुर्व मेचीनगर १ का वडाध्यक्ष पासाङ तामाङ, कार्यपालिका सदस्य तुलसा देवान, उज्यालो नेपाल बर्दियाका ईन्जिनियर चिरायु थापा, प्राविधिक नवराज पोख्रेललगायत स्थानीयको सहभागीता रहेको थियो ।
शनिवार विर्तामोडमा ‘सामना कन्सर्ट’, बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा...
हिसान महिला भलिबल प्रतियोगिताको उपाधि आदर्शको पोल्टामा

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)...
फागुन २१ देखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’

मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’...
मेचीनगरमा ‘जरा अभियान’ : भातृसंगठन चलायमान बन्दै

मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार ‘जरा’...
सरस्वती पूजामा लिङ्कन मोन्टेश्वरीको भव्य कार्यक्रम

विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड–३ स्थित...