इटाभट्टामा असोज १२ देखि जिल्लास्तरीय फुटबल प्रतियोगिता

इटाभटा । झापाको मेचीनगर-८ स्थित ञइट्टभटा एफसि क्लबझले प्रथम इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी गरेको छ । स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको बुधबार पत्रकारसमक्ष जानकारी दिएको छ ।
जिल्लाका बिभिन्न ८ वटा क्लबबाट प्रतियोगितामा सहभागी हुने र त्यसको सबै प्रक्रिया पूरा गरेको इटाभटा एफसि क्लबले अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि तथा प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।
प्रतियोगितामा सहाअयोजक मेचीनगर(८ सहआयोजक रहेको मेचीनगर(८ का अध्यक्ष गिरिराज धमलाले जानकारी दिए । युवाको चेतनाको विकाससंगै शारीरिक र बौद्धिक विकासका लागि पहिलो पटक इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गरिएको अध्यक्ष धमलाको भनाई थियो।
केहीदिन अघि दर्ता प्रक्रिया पूरा गरी प्रतियोगिताको तयारी गरेकाले स्थानीय उद्योगी(ब्यवसायी एबम् संघसंस्थाबाट आर्थिक सहयोगको अपेक्षा गरिएको वडाका सदस्य एबम् खेलकुद संयोजक बिष्णु भट्टराईले जानकारी दिए ।
१५ लाख लाग्ने अनुमान गरिएको प्रतियोगिता मेचीनगर(८स्थित बन बाटिका खेल मैदानमा तयारी गरिएको आयोजकको भनाइ छ । प्रचारप्रसारका लागि आयोजित पत्रकार भेटघाटको सञ्चालन रामकुमार गिरीले गरेका थिए ।

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...