मेची भन्सार : रेग्मी जाने चुँडाल आउने

काँकरभिट्टा । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीलाई सरुवा भएको छ । अर्थ मन्त्रालयले ११ जना भन्सार प्रमुखसहित १९ जना उपसचिवको सरुवा गरेको हो ।
उनलाई भैरहवा भन्सार कार्यालयमा सरुवा गरिएको हो । उनको ठाउँमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट राजेन्द्रप्रसाद चुँडाललाई पठाइएको छ । स्रोतका अनुसार चुँडालले मेची भन्सार कार्यालय आउन आनाकानी गरिरहेका छन् ।
सोमबार मन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक राजस्व कार्यालयहरू र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृह जिल्लामा रहेको भैरहवा भन्सार कार्यालयका प्रमुखसमेतको सरूवा भएको हो । अर्थले एक साताअघि मात्रै भन्सार, राजस्व र करका ५८ जना उपसचिवको सरुवा गरेको थियो । अर्थले एक सातामा ७७ जना उपसचिवको सरुवा गरेको हो ।

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा...

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)...

मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’...

मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार ‘जरा’...

विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड–३ स्थित...