मेचीनगरमा चुम्लुङको ३६ औं स्थापना दिवस भव्य
मेचीनगर। झापाको मेचीनगरमा किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना सम्पन्न भएको छ । सोमवार किरात याक्थुङ चुम्लुङ मेचीनगरको आयोजनामा इट्टाभट्टा स्थित आफ्नै भवनमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा मेचीनगरका लिम्बू समुदायका जनप्रतिनिधिहरू,जग्गादाताहरू, चुम्लुङमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
किरात याक्थुङ चुम्लुङ इजरायल सहयोग कोषबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको छात्रवृत्ति मेचीनगर स्थित बालकल्याण मावि कक्षा ७ मा अध्ययनरत मेचीनगर(५ निवासी छात्रा स्नेहा लिम्बूलाई नगद रू १० हजार प्रदान गरिएको थियो।
गायक उत्तमजंग लिम्बू र गायिका गंगा फियाकको बेजोड सांगितीक प्रस्तुति रहेको कार्यक्रममा विभिन्न वडाको केलाङ,यालाङ,हाक्पारे तथा विभिन्न जातजातिका नृत्यहरू प्रस्तुत गरिएको थियो ।
किरात याक्थुङ चुम्लुङ सङघीय सचिव चक्र एक्तेन ९अभिशेक० को प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवसमा प्रमुख अतिथि एक्तेन, पुर्व झापा अध्यक्षद्वय भक्त खेबाङ,भरत सुब्बा,जिल्ला सदस्य हस्त आङदेम्बे,निवर्तमान अध्यक्ष दिलिप आङदेम्बे,नेपाल आदिवासी जनजाति महासंघ मेचीनगरका अध्यक्ष राम वाइबा,महिला नेतृ अग्निमाया मेचे, याक्थुङ चुम्लुङ मेचीनगरका सल्लाहकार प्रेम सम्बाहाम्फे शुभकामना मन्तव्य व्यक्त गरे ।
किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष धनप्रसाद केरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विरू बेघाले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन सचिव मिना इजम र सह सचिव राजेन्द्र इधिङगोले संयुक्त रूपमा गरेका थिए ।
एयकत लबखष्नबतष्यल
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
