मेचीनगर : नहरमा डुबेर एक जनाको मृत्यु

मेचीनगर । झापाको मेचीनगरमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो १ बजे मेचीनगर नगरपालिका वडा नं. ७ मदनबस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चलन गरी बस्ने मेचीनगर नगरपालिका वडा नं।६ काँकरभिट्टा बस्ने ५८ वर्षीय पुनेप्रसाद सत्यालको नहरमा डुबेर मृत्यु भएको हो ।
उनी आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेर मृत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...