स्थानीय तहको स्व–मूल्याङ्कनमा मेचीनगर चौथो
मेचीनगर । स्थानीय तहको स्वमूल्याङ्कनमा मेचीनगर झापामा चौथो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण २०७९र०८० प्रतिवेदन सार्वजनिक गरेको छ जसमा झापा जिल्लाका स्थानीय तहहरु मध्ये ७५.७५ अंक ल्याई मेचिनगर चौथो भएको हो ।
छनौटका आधारहरु रहेका शासकिय प्रबन्ध, वित्तिय आर्थिक व्यवस्थापन, सेवा प्रवाह, पुर्वाधार विकास र विपद व्यवस्थापनमा भने मेचिनगर अब्बल देखिएको छ ।
झापा जिल्लामा ८५.५० अंक ल्याई कन्काई नगरपालिका प्रथम भएको छ । त्यसैगरि ७७ अंक ल्याई झापा गाउँपालिका दोश्रो र ७६.५० अंक ल्याई दमक तेश्रो भएको छ ।
झापा जिल्लामा सबै भन्दा कम ४३.७५ अंक ल्याई बुद्धशान्ति गाउँपालिका पुछारमा रहेको छ ।
मन्त्रालयले ७४९ स्थानीय तहमा गरेको मूल्याङकनमध्ये नगरपालिकातर्फ ९२.५० अंक ल्याउँदै धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ट भएको छ भने गाउँपालिका तर्फ धादिङकै बेनिघाट रोराङ गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ रोराङले ८७.२५ अंक ल्याएको छ ।
महानगरपालिकातर्फ आर्थिक वर्ष २०७९र०८० मा ललितपुर महानगरपालिका देशभरकै अब्बल सावित भएको छ । ललितपुरले ८४।५० अंक प्राप्त गर्दै आफूलाई अब्बल सावित गरेको हो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
