एमाले मेचीनगर अब जनताको गुनासो सुन्न टोलटोलमा
काँकडभिट्टा । नेकपा एमाले मेचीनगर अब जनताको गुनासो सुन्न टोलटोलमा जाने भएको छ । नेकपा एमाले मेचीनगर कमिटीको मंगलबार बसेको पूर्ण बैठाकले नगर कमिटीका सदस्यहरुलाई टोलको जिम्मेवारी दिएर जनताको जिम्मेवारी सुन्न पठाएको हो ।
बैठकले विभागीय जिम्मेवारीको समेत बाडफाँड गरेको छ । जसमा स्कुल विभागमा अध्यक्ष राजु कार्की, स्थानीय विकास तथा समन्वय विभागका प्रमुखमा कञ्चन तामाङ, संगठन विभागमा सागर ओली, पर्यटन वन तथा वातावर विभाग प्रमुखमा जानुका ओली, जनवर्गीय संगठन विभाग प्रमुखमा राजु धिमाल, विपद् व्यवस्थापन तथा स्वयम् सेवक विभागमा दिपेन्द्र निरौला, महिलामा सर्मिला लामिछाने, युवामा रविन्सन थापा, विद्यार्थीमा विनिता न्यौपाने, किसानमा जीवन साप्कोटा, मुक्ति समाजमा दिल बा। विश्वकर्मा, जिफण्डमा राजकुमार सुवेदी, आदिवासी जनजातीमा राम बहादुर तामाङ, उद्योग व्यवसायमा कृष्ण पौडेल, मुस्लिम समाजमा फारुक महोमदलाई जिम्मेवारी तोकिएको छ ।

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न पूर्ण बैठकले भदौ भित्रमा वडाहरुको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । यसैगरी काक्तिक भित्रमा सबै जनसंगठनको अधिवेशन गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मिना पोख्रेल उप्रेती, जिल्ला अध्यक्ष प्रेम गिरी साथै एमाले प्रदेश तथा जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
