बाहुनडाँगी जेसीज : सार्वजनिक धारा सञ्चालन
बाहुनडाँगी । बाहुनडाँगी जेसीजले जेसीज धारा निमार्ण गरेको छ । बाहुनडाँगी जेसीजले मेचीनगर–४, बाहुनडाँगी बजारमा जेसीज धारा निमार्ण गरेको हो । जेसीज धाराको आज एक उद्घाटन गरिएको छ ।
मेचीनगर–४, बाहुनडाँगीमा स्वं टंकबहादुर देवकोटाको स्मृतिमा निर्माण भएको जेसीज धाराको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नं ४ अध्यक्ष अर्जुनकुमार कार्की, विशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवरलगायतले उद्घाटन गरेका हुन् ।
बाहुनडाँगी जेसीजको समन्वयमा सार्वजनिक उपयोगका लागि निमार्ण गरिएको धाराका लागि स्व. देवकोटाको स्मृतिमा श्रीमती नर्वदा देवकोटा, छोरा बुहारीहरु सुरज, अनिसा, खेम, कला देवकोटा तथा देवकोटा परिवारले धारा निर्माण गर्न आर्थिक सहयोग गरेको बाहुनडाँगी जेसीजका अध्यक्ष देवु बानियाँले जानकारी दिए । धारा उद्घाटनमा देवकोटा परिवारका सदस्यहरु गंगा देवकोटा, बिमला देवकोटालगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा साना किसान सहकारी संस्था बाहुनडाँगीका अध्यक्ष पोषककुमार दर्जी, नेकपा एमाले वडा कमिटी अध्यक्ष तिर्थ नेपाल, पूर्व अध्यक्ष बद्री निरौला, पत्रकार ज्ञानेन्द्र निरौला, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुवँर, वडाध्यक्ष कार्कीलगायतले धारा निर्माण गर्न परिवारले गरेको लगानी तथा बाहुनडाँगी जेसीजको समन्वयका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देवु बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बाहुनडाँगी जेसीजका कार्यक्रम संयोजक सामुल राय, आस्था वाचन उपाध्यक्ष शुष्मा मिश्र तथा सञ्चालन महासचिव कन्चन उप्रेतीले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
