गृहलक्ष्मी साकोसको १६ औँ वार्षिक साधारण सभा सम्पन्न
धुलाबारी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारण सभाको माइन्यूट लेखन तथा प्रमाणीकरण शनिबार सम्पन्न भएको छ । मेचीनगर-९ स्थित संस्थाको सभाहलमा साधारण सभाको अन्तिम माइन्यूट लेखन तथा प्रमाणीकरण सम्पन्न भएको हो ।
संस्थाले गत साउन २६ गतेदेखि ३० गतेसम्म चार स्थानमा इकाईगत साधारण सभा गरी छनौट भएका प्रतिनिधिले अन्तिम माइन्यूट प्रमाणिकरण गरी साधारणसभा सम्पन्न भएको हो । संस्थाले २६ गते बिर्तामोडमा, २७ गते इटाभट्टा, २९ गते गाडागल्लीमा, ३० गते धुलाबारीमा सम्पन्न गरेको थियो ।
संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि कमल खनाल, मेचीनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार रेग्मी, महालक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष टिका सुवेदी, पत्रकार देबु बानियाँलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष रेनुका डाँगीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य राजु धिमालले गरेका थिए ।
संस्थाले सदस्य राहत कोष कार्यक्रममार्फत १२ जना सदस्यलाई राहत रकम हस्तान्तरण गरेको छ । संस्थाले साधारण बचत, बाल बचत, पेन्सन बचत, गृहलक्ष्मी सुपर सेभिङ, कर्मचारी बचत, आवधिक बचत, क्रमिक बचत, मासिक/अनिवार्य बचत, जेष्ठ नागरिक बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैगरी, संस्थाले व्यापारिक, व्यक्तिगत, कृषि, महिला समूह, निक्षेप धितो, सवारी साधन, आवधिक व्यवसायिक र स्वरोजगार कोष कर्जा प्रदान गर्दै आएको छ ।
२० करोड ३६ लाख ५१ हजार १ सय ४ वासलात रहेको संस्थाले १३ करोड ७८ लाख ७५ हजार ५ सय १५ ऋण लगानी गरेको छ भने निक्षेप हिसाब १४ करोड ७७ लाख १ हजार दुई रुपैयाँ रहेको छ । दुई करोड ४६ लाख ५१ हजार ३ सय शेयर पुँजी रहेको संस्थाले २३ लाख ९३ हजार ४ सय ७५ खुद नाफा आर्जन गरेको संस्थाका व्यवस्थापक सरोज मेहराले बताए । प्रविधिको बढ्दो प्रयोगसँगै संस्थाले मोबाइल बैंकिङ सेवा प्रदान गर्नुका साथै रेमिट्यास सेवा पनि उपलब्ध गर्दै आएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
