मेचीनगर–१४ : बालसुबोधिनीलाई म्याजिक भ्यान
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय गाडी (म्याजिक भ्यान) हस्तान्तरण गरेको छ । नगरपालिकाले बालसुबोधिनी माध्यमिक विद्यालय मेचीनगर–१४ लाई (म्याजिक भ्यान) हस्तान्तरण गरेको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन मेचीनगर नगरपालिकाको नौ लाख र मेचीनगर नगरपालिका वडा नम्बर—१४ को १७ लाख ५० हजार गरी कुल २६ लाख ५० हजार रुपैयाँ लगानीमा म्याजिक भ्यान खरिद गरिएका हो ।
सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्न विद्यालयलाई स्कूल गाडी ‐म्याजिक भ्यान) हस्तान्तरण गर्ने योजना बमोजिम नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, १४ नम्बर वडाका वडाध्यक्ष बाबुलाल सुब्बाले एक कार्यक्रमका बीच सवारी साधनको आवश्यक कागजात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरलाल राजवंशी, सदस्य लोकेश्वर राजवंशी र प्रधानध्यापक विश्व थापालाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।
विभिन्न क्षेत्रमा कार्यरत मजदुरका छोराछोरीहरु अध्ययन गर्ने त्यस विद्यालयमा अहिले सिटी सफारी र टेम्पोमा विद्यार्थी आउने गरेका छन् । १५ देखि २० वटा त्यस्ता सवारी साधन प्रयोग भएका छन् ।
बालसुबोधिनी हरेक दृष्टिकोणले विद्यार्थीदेखि अभिभावकासम्मको रोजाईमा पर्ने गरेको छ । जिल्लाभित्र र बाहिर थुप्रै विद्यार्थी शिक्षक अध्ययन अवलोकनका लागि आउने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रधानध्यापक विश्व थापले सञ्चालन गरेको थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
