काँकरभिट्टा नाका विदेशी पर्यटकका लागि खुल्ला
काँकरभिट्टा । विदेशी पर्यटकका लागि बन्द गरिएको पूर्वी नाका काँकरभिट्टा खुल्ला भएको छ । भारत हुँदै विदेशी पर्यटकहरु पूर्वी नाका काँकरभिट्टाबाट आउँन थालेपछि ३ वर्षदेखि बन्द भएको नेपाल–भारतको सीमा नाका खुलेको हो ।
अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख मोहन पनेरुले यही साउन १७ गते अर्थात १ अगष्ट २०२४ देखि तेस्रो मुलुकबाट विदेशी पर्यटकहरु भारत हुँदै नेपाल आउँन थालेको जानकारी दिए । भारत पानीट्याङ्की स्थित अध्ध्यागमन कार्यालयले काँकरभिट्टा अध्यागमन कार्यालयमा अगष्ट १ तारिक फोन गरेर अब भिषा भएका विदेशी पर्यटकलाई कुनै रोकटोक छैन नाका खुलेको जानकारी गराएको उनले बताए ।
उनले साउन १७ गतेदेखि हालसम्म विभिन्न देशका १० जना विदेशी पर्यटक नेपाल आएको बताए । त्यस्तै यहाँबाट भिषा लगाएर ६ जना विदेशी पर्यटक भारत हुँदै तेस्रो मुलुक गएको उनको भनाई छ । उनका अनुसार बंगलादेशका २ जना, स्वीजरलेण्डका ४ जना, अमेरिकाका ३ जना र युकेका १ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी बंगलादेशका २ जना, नर्वेका २ जना, स्वीजरलेण्डका १ जना र युकेका १ जना विदेशी पर्यटकले भिषा लगाएर नेपालबाट भारत हुँदै तेस्रो मुलुक प्रस्थान गरेको कार्यालयले जनाएको छ । भारतले विदेशबाट आएका पर्यटकलाई भिषा नलगाई जान दिने गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी मिनबहादुर लामाले इन्फर्मल रुपमा नाका खुलेको जानकारी आएको बताए ।
पछिल्लो कोरोना संक्रमणपछि काँकरभिट्टामा विदेशी पर्यटक आउँन थालेपछि स्थानीय व्यवसायी खुशी भएका छन् ।
होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले कोरोनाकालपछि बन्द भएको नाका खुलेकोमा खुशी भएको बताए । विदेशी पर्यटकहरु यो नाकाबाट आउँन थालेपछि सबै क्षेत्रका व्यवसायीहरुलाई राहत मिलेको उनको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमाले र नेपाली कांग्रेसको सयुक्त गठबन्धनको सरकार बनेपछि विदेशी पर्यटकका लागि पूर्वी नाका काँकरभिट्टा खुल्ला भएकोमा सबै क्षेत्रका व्यवसायीहरुलाई राहत मिलेको छ ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...