मेचीनगर : कांग्रेससहित ६ दलले बुझाए २१ बुँदे ज्ञापनपत्र
मेचीनगर । मेचीनगर नगरपालिकाको नेतृत्व स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै ६ वटा विपक्षी दलले शुक्रबार विरोध जनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले नगर नेतृत्वको कार्यसम्पादन शैलीको विरोध गरेका हुन् ।
ती दलहरुले शुक्रबार बिहान कार्यालय खुल्ने समय पारेर जुलुससहित नगरपालिकामा २१ बुँदे माग पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओवादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजवादीका तर्फबाट क्षेत्रीय संयोजक भाष्कर घिमिरे, जसपाका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले हस्ताक्षर गरेका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
