डी कौडिन्य पत्रकारिता पुरस्कार : झुलन रेग्मी र डिकेश लामा सम्मानित
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा सम्मानित भएका छन् । आज एक समारोहबीच रेग्मी र लामा सम्मानित भएका हुन् ।
प्रेस सेन्टर नेपाल झापा शाखाले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कार वापत प्रमाणपत्र र जनही रु। २१ हजार नगदराशी रहेको छ । झापाका क्रान्तिकारी पत्रकार एवम् साहित्कार डी कौडिन्यलाई शाही सेनाले वि।सं। २०५९ साउन ७ गते चारआली व्यारेकभित्र कायरतापूर्वक हत्या गरेको थियो । उनको स्मृतिमा वर्षेनी पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ ।
विर्तामोडको सिटी सेन्टरमा आयोजित समारोहमा कोशी प्रदेशका नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता एवम् पूर्व अर्थमन्त्री इन्द्र आङ्बो प्रमुख अतिथि रहेका थिए । उनले नै पुरस्कारको प्रमाणपत्र र नगद हस्तान्तरण गरेका थिए ।
सेन्टरका झापा अध्यक्ष राजु पाठककको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अर्थमन्त्री आङ्बो, डी कोडिन्यकी पत्नी यमुना आचार्य, नेकपा माओबादीका केन्द्रीय सदस्य सुमन सिंह सी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतम, सेन्टरका केन्द्रीय सचिव विमल लामिछाने, सेन्टरका कोशी अध्यक्ष विनोद घिमिरे, अग्रज पत्रकार लीला बराल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियनका झापा नेता राजेन्द्र गौतम, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार, समाजबादी प्रेस संगठन झापा अध्यक्ष शम्भु दाहाल, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा र डी कौडिन्यकी छोरी तृप्ति आचार्यले मन्तब्य ब्यक्त गर्नु गरेकी थिइन्।
कार्यक्रममा क्रान्तिकारी पत्रकार देबकुमार अचार्य (डी कौडिन्य) को जीवनी र योगदानका बारेमा बिमल लामिछानेले जानकारी गराएका थिए भने स्वागत होम अधिकारीले र सञ्चालन पुष्प खड्काले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...