एमाले मेचीनगरले सम्झियो संस्थापक नेता पुष्पलाललाई
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औंं स्मृति दिवस आज विभिन्न कार्यकंम आयोजना गरि मनाएको छ । नेकपा एमाले मेचीनगर नगर कमिटीले आज एक कार्यक्रमगरी पुष्पलालको जीवनी र योगदानका बारेमा चर्चा गरेको थियो । मेचीनगर-६, काँकरभिट्टा स्थित बिपी पुष्पलाल बाटिकामा रहेको पुष्पलालको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उनको योगदानको चर्चा गरिएको हो ।
मेचीनगर कमिटीका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मीना उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थापक नेता पुष्पलालको जीवनी र योगदानका बारेमा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष प्रेम गिरीले गरेका थिए ।
सोहि अवसरमा पुष्पलाई श्रेष्ठको सालिकसँगै रहेको बीपि कोइरालाको सालिकमा पनि माल्यार्पण गरिएको थियो । नगरकमिटी उपाध्यक्ष कञ्चन तामाङले स्वागत गर्नु भएको कार्यक्रममा एमाले केन्द्रीय सल्लालकार परिषद सदस्य विष्णु प्रसाई, प्रदेश केमिटी सदस्य देवकुमार राई, प्रदेश कमिटीका पूर्व सदस्य श्रीप्रसाद मैनाली, नगर प्रमुख गोपालचन्द्र बुढाथाकी, रामचन्द्र उप्रती लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चाल नगर कमिटी सचिव सागर ओलीले गर्नु भएको थियो ।
संस्थापक नेता पुष्पलालको स्मृति दिवसकै अवसर पारेर अनेरास्ववियु मेचीनगर नगर कमिटीले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।
नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
