मेचीनगर : सवारीसाधन अव राजमार्गमा जथाभावी रोक्न नपाइने
काँकरभिट्टा । मेचीनगर नगरपालिकाले अस्तव्यस्त रहेको सवारी चापलाई व्यवस्थित बनाउने भएको छ । पूर्व पश्चिम राष्ट्रिय लोकमार्ग, काँकरभिट्टा बस टर्मिनल, प्यारीभिट्टा बसपार्क लगायतका क्षेत्रहरुमा सवारी साधन संचालन तथा पार्किङ ब्यवस्थापनका लागि योजना बनाएर निर्णय गरिएको हो ।
मेचीनगर नगरपालिकाले मंगलवार एक सूचना जारी गरि काँकरभिट्टा मेची भन्सार गेट पश्चिम पूर्वान्चल पेट्रोल पम्मसम्म राष्ट्रिय लोकमार्गमा सार्वजनिक यातायातका सवारी साधन पार्किङ गर्न नपाईने जनाएको छ ।

सूचनामा भनिएको छ –‘काँकरभिट्टा बस टर्मिनल तथा प्यारीभिट्टा वसपार्क संचालन तथा ब्यवस्थापन समितिले सार्वजनिक यातायातका सवारी साधन संचालनको लागि निर्धारण गरेको समय सारिणी बमोजिम मात्र सार्वजनिक यातायातका सवारी साधन संचालनको ब्यवस्था मिलाउने, काँकरभिट्टा वस टर्मिनलवाट संचालनको समय सारिणी भित्र नपरेको सार्वजनिक यातायातका सवारी साधनहरु काँकरभिट्टा बस टर्मिनलमा यात्रु ओराली फर्कनु पर्ने छ ।’
मेचीनगर नगरपालिकाले पहिलो पटक सवारी साधन व्यवस्थापनका विषयमा जरिमाना लिने समेत जनाएको छ । सूचनामा भनिएको अनुुसार यो ब्यवस्था बमोजिम नगरेको पाईएमा पहिलो पटक रु ५०० (पाँच सय मात्र) र सो पश्चात पटके पिच्छे रु १००० (एक हजार मात्र) का दरले जरिवाना लिने बताइएको छ ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
