डी. कौडिन्या स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई
झापा । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी .कौडिन्य) को स्मृतिमा प्रेस सेन्टरले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा संयुक्त पुरस्कृत हुने भएका छन् ।
रेग्मी लोकतन्त्र पोस्ट दैनिकका पूर्व सम्पादक, मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् भने र लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुन् ।
असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए।
स्थापनाकालमा ११ हजार रुपैयाँ राशी भएको डी कौडिन्य पत्रकारिता पुरस्कारको राशी केही वर्ष यता २१ हजार रुपैयाँ थियो । यस वर्षबाट पुरस्कारको राशी ४२ हजार पुर्याउने निणर्य भएको अध्यक्ष पाठकले जानकारी दिए।
पुरस्कार डी.कौडिन्यको स्मृति दिवसको अवसरमा साउन ७ गते वितरण गरिने अध्यक्ष पाठकले बताए।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



