फागुनमा दोस्रो भद्रपुर झापा गोल्डकप आयोजना हुने
भद्रपुर । दोस्रो भद्रपुर झापा गोल्डकप आगामी फागुन ७ गतेखि भद्रपुरमा सञ्चालन हुने भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आइतवार सम्पन्न बैठकले आगामी फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने निर्णय गरेको हो ।
गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी फागुनमा भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने र त्यसका लागि सम्बद्ध सबै पक्ष जुट्न आह्वान गरेको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
२०७९ मा पहिलो संस्करणमा निकै ठूलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुने गरी तयारी गरिने अध्यक्ष ढकालले बताए ।
झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने दोस्रो भद्रपुर झापा गोल्डकपमा नेपाल र सार्क मुलुकहरुका उत्कृष्ट टिमहरुको सहभागिता गराउन अधिकतम प्रयास गरिने अध्यक्ष ढकालले बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...