फागुनमा दोस्रो भद्रपुर झापा गोल्डकप आयोजना हुने

भद्रपुर । दोस्रो भद्रपुर झापा गोल्डकप आगामी फागुन ७ गतेखि भद्रपुरमा सञ्चालन हुने भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आइतवार सम्पन्न बैठकले आगामी फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने निर्णय गरेको हो ।
गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी फागुनमा भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने र त्यसका लागि सम्बद्ध सबै पक्ष जुट्न आह्वान गरेको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
२०७९ मा पहिलो संस्करणमा निकै ठूलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुने गरी तयारी गरिने अध्यक्ष ढकालले बताए ।
झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने दोस्रो भद्रपुर झापा गोल्डकपमा नेपाल र सार्क मुलुकहरुका उत्कृष्ट टिमहरुको सहभागिता गराउन अधिकतम प्रयास गरिने अध्यक्ष ढकालले बताए ।

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम...

मेचीनगर । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको...

झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति...

बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय...

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...