मेचीनगर : माइ वल्डबाटै विद्युतीय गाडी बिक्री सुरु
मेचीनगर । मेचीनगर –७ स्थित माइ वल्ड रिकन्डिशन एण्ड सर्भिस सेन्टरले मंगलबारबाट बिद्युतीय सवारी साधन बिक्री वितरण सुरु गरेको छ । रिकण्डिशन सर्भिस सेन्टरले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर बिद्युतीय सवारी साधनको बिक्री वितरण सुरु गरेको हो ।
साधारण सभाको उद्घाटन् गर्दै कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वातावरण मैत्री भेइकलको प्रयोगले देशको आर्थिक अवस्था र वातावरणलाई सन्तुलित राख्न ठूलो सहयोग पुग्ने बताए ।
‘देश आर्थिक हिसावले जटिल परिस्थितिबाट गुज्री रहेको अवस्था छ, ‘कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खापुङले भने,‘देश आर्थिक रुपमा देश कमजोर बन्दै गएको छ । हरेक नागरिक, ब्यवसायीले आर्थिक कठिनाइको सामना गरिरहनु परेको छ । ब्यवसायीहरु आफ्नो ब्यापार ब्यवसायबाट पलायन हुँदै गएका छन् । यस्तो अवस्थामा माई वल्र्ड रिकण्डिशनले सेवा विस्तार गरेको छ, यो आजको आवश्यक्ता पनि हो ।’
उनले बिद्युतीय यातायातका साधनको प्रयोगले वातावरका साथै नागरिकको आर्थिक ब्ययभार समेत कम हुने भन्दै बिद्युतीय साधनको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिए ।
‘आज रहेक ब्यक्तिलाई यातायातका साधन अनिवार्य साधन जस्तो भइसकक्यो’ ,उनले भने,‘ साधन किन्न सकिएला तर पेट्रोलमा ठूलो रकम खर्च हुने गरेकोले नियमित सञ्चालनकोलागि आर्थिक व्ययभार सबैलाई छ । त्यसैले बिद्युतीय साधनको प्रयोगलाई बढाउन जरुरी छ ।’
उनले लागु औषध दुब्र्यशनले समाज आक्रान्त बन्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न हरेक नागरिकले सचेत भएर भूमिका खेल्नु पर्ने बताए ।
कार्यक्रममा प्रदेश प्रहरी चन्द्रकुवेर खापुङले लागु औषध दुब्र्यशन नियन्त्रणकोलागि ‘दुब्र्यशन विरुद्ध आमाहरु’ भन्ने कार्यक्रम सञ्चालन गरिरहेको बताए । आफ्ना छोरा– छोरीको आनीबानी उनीहरुको हाउभाउबाट आमाहरुलाई बढी थाहा हुन्छ,’ उनले भने,‘ छोरा छोरीले फरक ब्यवहार देखाएमा ढाक छोप होइन सचेत भएर छोरा छोरीको बानी सुधार्न भूमिका खेल्नु पर्छ ।’ उनले गाउँ गाउँ गाउँमा लागू औषध बढी रहेकोमा चिन्ता ब्यक्त गरे । उनले यसको नियन्त्रणको जिम्मा प्रहरीलाई मात्र दिएर नहुने समेत बताए ।
कार्यक्रममा कोशी प्रदेशका निवर्तमान सांसद श्रीप्रसाद मैनाली, नेपाली काँग्रेस झापा जिल्ला उपसभापति केशवराज पाण्डे, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, नाटा प्रदेश सदस्य उदय कुमार श्रेष्ठ, मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणि ओली, प्यारीभिट्टा वसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरे लगायतले बोलेका थिए ।
माइ वल्ड रिकण्डिशनका सञ्चालक ओमप्रकाश खापुङको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भूमिका सुब्बाले गरेकी थिइन् । कार्यक्रमको औचित्यमाथि एभरेष्ट अटो प्रालिका मेनेजिङ डाइरेक्टर मिलन लिम्बूले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
