मेचीनगर : सहिद विरेन राजवंशी स्मृति छात्रवृत्ति वितरण

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले सहिद विरेन राजवंशी छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० लाख रूपैयाँ विनियोजन गरि नगरका ९ वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६५९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत मेचीनगर २ काे मेची जनसाधारण मावि (२२ जना) र भानु मावि (३१ जना), मेचीनगर ६ काँकरभिट्टा मावि (१७८ जना), मेचीनगर ८ आदर्श मावि (९८ जना), मेचीनगर ९ कवि शिरोमणि मावि (१० जना), मेचीनगर १० धुलाबारी मावि (१८९ जना), मेचीनगर ११ बलभद्र जनता मावि (३७ जना), मेचीनगर १२ सरस्वती बालकल्याण मावि (४० जना) र मेचीनगर १३ सहिद दशरथ मावि का (५३ जना) विद्यार्थीलाई नगद ३ हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ ।
आइतबार आदर्श माविको विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र नगर शिक्षा अधिकारी होम भण्डारी विद्यालयमै पुगेर विद्यार्थीलाई छात्रवृत्ति वितरण गरे । नगर प्रमुख बुढाथोकीले विद्यार्थीलाई उच्च शिक्षाको लागि हौसला प्रदान गर्न नगरपालिकाले छात्रवृत्ति वितरण गरिदै आएको बताए ।
पछिल्लो समय १२ पास गर्ने बित्तिकै विदेश जाने लहर चलेको छ । जसको कारण सीप भएका दक्ष जनशक्ति स्वदेशमा पाउन छाडिएको छ । उनले भने अब स्वदेशमा नै आत्मनिर्भर भएर बस्ने परिस्थिति सृजना गर्न आवश्यक रहेको छ । त्यसका लागि स्थानीय तहको तर्फबाट आफुहरू लागि परिरहेको बताए । तर यसलाई सार्थक बनाउन स्थानीय तहसंगै संघ र प्रदेश पनि लागि पर्नुपर्ने उनले बताए ।
आदर्श मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुर्ण बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रअ कृष्ण पुरीले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकी, नगर शिक्षा अधिकारी भण्डारी, सहायक प्रअ हेमन्त निरौलालगायतका शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रअ लम्बोदर पौडेलले गरेका थिए ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...