मेचीनगर : सहिद विरेन राजवंशी स्मृति छात्रवृत्ति वितरण
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । प्रत्येक वर्ष प्रदान गर्दै आएको सहिद विरेन राजवंशी स्मृति छात्रवृत्ति यस वर्ष पनि वितरण गरको हो ।
मङ्गलबार धुलाबारी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एक सय उन्ननब्बे विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । अपाङ्ग, विपन्न, विपन्न दलित गरी तीन प्रकारमा छनोट गरी छात्रवृत्ति प्रदान गरिएको छ ।

छात्रवृत्ति अन्र्तगत एक विद्यार्थीलाई तीन हजार रुपैँया प्रदान गरिएको हो । छात्रवृत्ति प्रदान कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, मेचीनगर १०का वडाध्यक्ष नारायण खनाल लगायतको उपस्थिति रहेको थियो । धुलाबारी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक महेन्द्र विलास लुइटेलले स्वागत गरेको कार्यक्रमको संञ्चालन तेजप्रसाद चौलागाईले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विक्रम नेम्बाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
