हाम्रा सबै उम्मेद्वार बिजयी हुनेमा ढुक्क छौं : श्रीप्रसाद मैनाली
काँकरभिट्टा । प्रगतिशील समाजवादी संयुक्त प्यानलका चुनावी कमान्डर तथा नेकपा एमालेका नेता श्रीप्रसाद मैनालीले चुनावमा प्यानलका सबै उम्मेद्वार बिजयी हुने कुरामा आफूहरु ढुक्क रहेको बताएका छन् । उनले आफ्नो प्यानलमा मतदाताले आशा गरेका दक्ष र सक्षम उम्मेद्वारहरु रहेकाले बिजयी हुने कुरामा आफूहरु ढुक्क रहेको बताएका हुन् ।
काँकरभिट्टा खानेपानीको चुनाव यही जेठ २६ गते हुँदैछ । अहिले उम्मेद्वारहरुको घरदैलो कार्यक्रममा छन् । आफ्ना बाचा र भावी कार्यक्रम सुनाउँदै घरदैलोमा व्यस्त प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु निकै उत्साहित देखिएका छन् ।
‘जनताको चाहना र धारणा सुन्दै हामी घरदैलोमा पुगिरहेका छौं,’ प्रगतिशील समाजबादी प्यानलको अध्यक्षका उम्मेद्वार सन्तोष आचार्य भन्छन्–‘हामीले खानेपानीका समस्या र तिनको समाधानका उपायलाई मिहीन ढंगले बुझेका छौं भन्ने कुरामा मतदाता कन्भिन्स भइरहेको पाएका छौं ।’

प्रगतिशील समाजवादी संयुक्त प्यानलबाट अध्यक्ष पदमा सन्तोष आचार्य, उपाध्यक्ष गोविन्द गिरी, सचिव दिलीपजंग सुब्बा, कोषाध्यक्ष बिमला तामाङ, सदस्यहरु मीरा कार्की, इन्दिरा बुढाथोकी अधिकारी, तिर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्ले, लेखा समितिका संयोजक सोमराज ढकाल, सदस्यमा जस्ना राजबंशी र बालकुमार भुजेल उम्मेदवार छने ।
अध्यक्षका पदका उम्मेदवार आचार्य पत्रकारिता पृष्ठभूमिका सामाजिक कार्यकर्ता हुन् । उनीसँग नेपाल पत्रकार महासंघ झापाको सचिव, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, नाइट चेस क्लबको महासचिव, प्रेस क्लब मेचीनगरको संस्थापक अध्यक्ष लगायत सामाजिक संस्थाहरुको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको अनुभव छ ।
उनले काँकरभिट्टा खानेपानीको कर्मचारी भएर लामो समयसम्म काम गरेको अनुभव रहेको छ ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

