मेचीनगर ८ : क्षमता विकास सम्बन्धी सातदिने तालिम सुरु
इटाभट्टा । मेचीनगर नगरपालिका वडा नं ८ को आयोजनामा महिलाहरुको क्षमता विकास सम्बन्धी सात दिने तालिम सोमवारदेखि सुरु भएको छ । मेचीनगर ८ वडा अध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न उदघाट्न कार्यक्रममा कार्यपालिका सदस्य कविता मिजारले महिलाहरुको लेखन र प्रस्तुतीकरणको क्षमता विकास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन ।
तालिम उदघाटन समारोहमा वडा सदस्य बिष्णु भट्टराई र वडा सचिव पवित्रा सुब्बाले वडाका महिलाहरुलाई प्रस्ताव लेख्न, बोल्ने बानीको विकास गराउन तालिम फलदायी हुने विश्वास लिएको बताए । आदर्श माविको सभाहलमा जेठ २० गतेसम्म सञ्चालन हुने तालिममा सोमराज ढकाल, ज्ञानेन्द्र निरौला र सम्झना पोखरेलले सहजिकरण गर्ने बताइएको छ ।
तालिममा ५० जना स्थानीय महिलाहरुको सहभागिता रहेको छ । वडा सदस्य मनकुमारी गिरीले स्वागत गरेको कार्यक्रममो सञ्चालन वडा सदस्य कुन्दन निरौलाले गरेका थिए ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...