एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम
मेचीनगर । मेची उद्योग बाणिज्य संघको सभा हलमा आइतवारदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको आयोजना तथा मेची उद्योग बाणिज्य संघको समन्वयमा उक्त तालिमको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । मेयर बुढाथोकीले एक महिना लगाएर सिकेको सिपलाई व्यवहारमा बदल्न जोड दिएका थिए ।
एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिममा नगरका ३० जना सहभागी रहेका छन् । सहभागीलाई सिटीभिटीबाट लेभल २ पास गरेका प्रशिक्षक बासुदेव भण्डारीले तालिम दिइरहेका छन् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका उद्योग अधिकृत प्रेमप्रसाद सापकोटा, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई लगायते शुभकामना मन्तव्य राखेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका उद्योग अधिकृत प्रेमप्रसाद सापकोटाको अध्यक्षता, स्वागत बाणिज्य संघका महासचिव दिनेश शाक्य र सञ्चालन कार्यकारी निर्देशक गोपाल बस्नेतले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
