काँकरभिट्टा खानेपानी चुनाव : अध्यक्षमा ३ सहित ३४ जना उम्मेदवार


काँकरभिट्टा  । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यही जेठ २६ गते हुने निर्वाचनमा १२ पदका लागि ३४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन समितिका संयोजक राजु कार्कीले आइतवार १२ पदका लागि ३४ जना उम्मेदवारले मनोनयन दर्ता गरेको जानकारी दिए ।

उनका अनुसार अध्यक्ष पदमा सुदर्शन खड्का, सन्तोष आचार्य र रोहित बुढाथोकीले नाम दर्ता गरेका छन् । खड्काले रास्वपाको एकल प्यानलबाट, आचार्यले एमाले नेतृत्वको प्यानलबाट र बुढाथोकीले कांग्रेस नेतृत्वको प्यानलबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

उक्त समुहबाट अध्यक्षमा सुदर्शन खड्का (माइला), उपाध्यक्षमा कृष्णबहादुर सुवेदी ९किरण०, सचिवमा नरेन्द्र शिवाकोटी, कोषाध्यक्ष सुधादेवि खड्कालाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै सदस्यहरूमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी र लक्ष्मी कटुवाल थापा उम्मेद्वार बनेका छन् । यसैगरी लेखा समिति संयोजकमा भेषराज ओली र सदस्यमा प्रज्वल गौतमलाई चुनावमा उठाइएको छ ।

प्रगतिशील समाजवादी प्यानलबाट एमालेबाट अध्यक्षमा सन्तोष आचार्य, एमालेबाटै उपाध्यक्षमा गोविन्द गिरी र सचिवमा जसपाका दिलिपजंग सुब्बा र कोषाध्यक्षमा एमालेकी विमला तामाङ उम्मेदवार बनेका छन् ।

त्यसैगरी इकाई सदस्यहरुमा एमालेका तर्फबाट तीर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्ले, खुल्ला महिला सदस्यतर्फ जसपाबाट मीरा कार्की र एमालेबाट इन्दिरा बुढाथोकी अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा एमालेबाट सोमराज ढकाल तथा सदस्यहरुमा एमालेबाट जोस्ना राजवंशी र जसपाबाट बालकुमार भुजेल उम्मेदवार बनेका छन् ।

यता लोकतान्त्रिक कांग्रेसका रोहित बुढाथोकी नेतृत्वमा ओवादी केन्द्रबाट उपाध्यक्षमा राजकुमार दाहाल ९राजु०, कांग्रेसबाट सचिवमा विशाल तामाङ, एसबाट कोषाध्यक्षमा विमला देवकोटा उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको छ ।

त्यस्तै सदस्यहरुमा कांग्रेसबाट सीतादेवी कार्की थापा, केशरजंग भट्टराई, माओवादीबाट पवित्रा तिवारी, राप्रपाबाट इन्द्रबहादुर प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर लिम्बु उम्मेदवार बनेका छन् ।

यसैगरी लेखा समिति संयोजकमा राप्रपाबाट किशोर शर्मा भण्डारी, सदस्यमा एसबाट विकास राउत र कांग्रेसबाट रीता घिमिरे रहेका छन् ।

यो निर्वाचनमा राजनीतिक दलहरुको तीन वटा प्यानल गठन गरेका छन् । नेकपा एमाले नेतृत्वको प्यानलमा जनता समाजबादी पार्टी छ भने नेपाली कांग्रेस नेतृत्वको प्यानलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । रास्वपा एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

करिव ८ हजार मतदाता रहेको यस निर्वाचनमा मेचीनगरको २, ३, ४, ५, ६, ७ र ८ नम्बर गरी ७ वटा वडाका मतदाताले मतदान गर्ने छन् ।