कन्भेन्ट स्कूल : आर्ट प्रतियोगिता सम्पन्न
मेचीनगर । मेचीनगर-९ स्थित कन्भेन्ट इङ्लिस स्कूलले अतिरिक्त क्रियाकलप अन्तर्रगत आर्ट प्रतियोगिता सम्पन्न गरेको छ ।
कक्षा १ देखि १० सम्मका बिद्यार्थीलाई चार समूहमा बिभाजन गरी प्रतियोगिता आयोजना गरिएको थियो ।
कक्षा १ देखि ३ सम्मको समूहमा भएको प्रतियोगितामा कक्षा १ का अमित प्रथम भए । कक्षा ४, ५ र ६ का विद्यार्थीहरुबीच भएको प्रतियोगितामा कक्षा ५ का कोइनुर श्रेष्ठ प्रथम भइन् । त्यसैगरी कक्षा ६,७ र ८ बीच भएको प्रतिष्पर्धामा कक्षा ८ की रिया मेचे प्रथम घोषित भइन् ।
उता कक्षा ९ र १० का छात्र छात्रा बीच भएको प्रतियोगितामा कक्षा ९ की प्रकृति बुढाथोकी प्रथम भइन् । प्रतियोगितामा उत्कृष्ठ विद्यार्थीहरुलाई ट्रफि प्रदान गरिएको विद्यालयका शिक्षक भिमेत क्षेत्रीले जानकारी दिए । उनीहरुलाई शिक्षक नूमा श्रेष्ठ, खुसी कार्की, प्रतिमा कार्कीले ट्रफि प्रदान गरेका थिए । बिद्यालयले बिभिन्न समयमा विद्यार्थीहरुबीच अतिरिक्त प्रतियोगिता गराउँदै आएको विद्यालयका प्रिन्सिपल बिक्रम क्षेत्रीले बताए ।

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


