अब्बल बन्दै बिर्तामोडको लिङ्कन मन्टेश्वरी
बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३ शान्ति टोलस्थित लिंकन मोन्टेश्वरी स्कूलमा अभिभावकहरुको आकर्षण बढ्दै गएको छ । बाल मनोविज्ञानलाई बुझेर त्यही अनुसारको पठनपाठन हुने भएकाले आफ्ना बालबालिकालाई त्यही पढाउने चाहना भएको अभिभवाकहरुले बताएका छन् । कक्षा पीजी , नर्सरी , एलकेजी र युकेजी पढाइ हुने त्यस मोन्टेश्वरीमा हाल ४५ जना विद्यार्थी रहेका छन् । अभिभावकहरुको आकर्षण बढ्दै गएपछि यस वर्ष विद्यालयले ६० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ ।
बालबालिकाको धेरैजसो समय विद्यालयमा बित्ने भएकाले उनीहरूले निर्धक्क भएर आफ्ना अधिकारको प्रयोग तथा आफ्नो सर्वाङ्गीण विकासका लागि क्रियाकलापहरू गर्न पाउनुपर्ने वातावरणलाई आफूहरुले जोड दिएको विद्यालयका संचालक सरोज पौडेल बताउँछन् । उनले बालमैत्री विद्यालयका नाममा बालबालिकालाई दिने क्षणिक सुविधा र विद्यालयका भौतिक पूर्वाधारलाई मात्र बढी जोड नदिई बालबालिकासँग गरिने व्यवहार र उनीहरूको वृद्धि तथा विकासका लागि उपलव्ध गराइने अवसर र वातावरणप्रति आफूहरु सचेत रहेको बताए ।
सो विद्यालयमा खेल्ने सभाहलसहित ६ वटा बालमैत्री कक्षाकोठा छन् ।त्यस्तै खेल्ने सुविधासहित प्ले ग्राउन्ड , चमेना गृह ,बालबालिकालाई सजिलो हुनेगरी धारापानी , शौचालयजस्ता सुविधा उपलब्ध रहेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिनेश ओझाले बताए । घोकाउने , रटाउनेभन्दा पनि बाल मनोविज्ञानलाई बुझेर मोन्टेश्वरीका लागि आबश्यक शैक्षिक सामग्री अनुसार पठनपाठन गर्ने गरिएको उनले जानकारी दिए ।
बिद्यालयले बिदाको समयमा पनि बालबालिका रचनात्मक गतिविधि गराउदै आएको छ । उनिहरुलाई अल्मलाउने होईन अब्बल बनाउने लक्ष बिद्यालयले लिएको ओझा बताउछन् । समयानुकूल रूपमा बालबालिकाको स्वास्थ्य परिक्षण ,अभिभावक शिक्षा समेत प्रदान गर्दै आएको बताईएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले मनायो राष्ट्रिय शिक्षा दिवस...
मेचीनगर । मेचीनगर-९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी...
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले...
काँकरभिट्टा । नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका...
मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न...
मेचीनगर । नेकपा एमाले मेचीनगरले मेचीनगर नगरपालिकाका १५...
मेचीनगर । नेपाल जेसीजले क्षेत्र (क) सम्मेलन झापाको...