गौरीगञ्ज : आठमौजा छोटी भन्सार चाँडै सञ्चालनमा आउने
गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिएका हृन्।
छोटी भन्सार कार्यालयमा कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रमुख रेग्मीले बताए। आगामी वैशाख महिनाभित्रै आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आाउने उनको भनाइ छ । कोरोना महामारीपछि कार्यालय बन्द अवस्थामा छ ।
सरकारले आठमौजा छोटी भन्सार कार्यालय नाकाको रुपमा विस्तार गर्ने निर्णय लिए पनि पछिल्लो करिब चार वर्षदेखि भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो । छोटी भन्सार बन्द भएपछि सिमाबाट अवैध आयातनिर्यात हुने क्रम बढ्दै गएको छ ।
उद्योग वाणिज्य सङ्घ गौरीगञ्जका अध्यक्ष मखना महतोले छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा यस क्षेत्रको व्यापारिक चहलपहल खस्किदै गएको बताए। भन्सार नहुँदा नाकाबाट अवैध गतिविधि नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।
लामो समयदेखि भन्सार कार्यालय नहँदा स्थानीयले सास्ती भोगिरहेका थिए । गौरीगञ्जदेखि पाँच किलोमिटर दक्षिण भारतीय बजार फत्तेपुरको मुख्य ग्राहक नेपाली नै मानिन्छन् । सीमाका भारतीय वजारबाट लत्ताकपडा, तेल, लसुन, चिनीलगायत खाद्यवस्तु ठूलो परिमाणमा आयात हुँदैआएको छ । आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकारुपमा स्थापित गर्न नेपाल सरकारको मन्त्रीस्तरीय बैठकबाट निर्णय भइसकेको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



