मेचीनगर–७ : झापामै पहिलो पटक फर्निचर महोत्सवको तयारी

मेचीनगर । मेचीनगर–७, इटाभट्टामा पहिलो पटक फर्निचर महोत्सव हुने भएको छ । ब्यापारलाई प्रबर्द्धन गर्ने उद्देश्यले धनेश्वर फर्निचर उद्योगले झापा जिल्लामा पहिलो पटक फर्निचर महोत्सवको आयोजना गरेको हो ।
विहीबार होटल मेची क्राउनमा पत्रकार सम्मेलन गदैं उद्योगले नयाँ वर्ष २०८१ को शुरुवातसँगै १५ दिने सेल्स उत्सव आयोजना गर्ने जानकारी दिएको छ । उद्योग २७० सालदेखि सचालनमा छ ।
फर्निचर महोत्सवमा २५ देखि ३० प्रतिशत छुटको ब्यवस्थासँगै मेचीनगरभित्र ढुवानी सेवा दिइने धनेश्वर फर्निचर उद्योगका प्रोपाइटर मुना मण्डलले जानकारी दिए ।
उनका अनुसार आफ्नो उद्योगमा निर्मित सबै फर्निचर गुणस्तरीय भरपर्दो तथा १० वर्ष ग्यारेन्टी दिइएको छ । वैदेशिक रोजगारीबाट फर्किएपछि फर्निचर उद्योग दर्ता गरी मण्डलले ब्यवसाय संचालन सुरु गरेका थिए ।
२०८१ साल बैशाख ३ देखि १८ गते सम्म १५ दिन महोत्सव लगाइने सहयोगी प्रकाश खापुङले जानकारी दिए । उक्त उद्योगमा हाल १२ जनालाई रोजगारी दिन सफल भएको छ । १ करोडबढी कारोबार गर्ने योजना रहेको खापुङको भनाई छ ।

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...

झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो...

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को...

काँकरभिट्टा । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा...

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती...