झापा ट्राफिक प्रहरीको असुली धन्दा, पोष्टै पिछे उठाउँछन् अवैध रकम
झापा । ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिइएको पाइएको छ ।
प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा नागरिकबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ ।
जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली गर्ने गरेका छन् । यस बिषयमा उनीहरूसँग बुझ्दा जिल्लाले रकम असुली गर्न दायित्व दिएका कारण आफुहरू मिलाएर रकम असुल्ने गरेको स्विकार्छन ।
विशेष श्रोतका अनुसार जिल्ला ट्राफिक कार्यालय तथा हाकिमलाई काँकरभिट्टा ट्राफिक पोष्ट २५ हजार, चारआली ट्राफिक २० हजार, नयाँ बसपार्क विर्तामोड ट्राफिक १५ हजार, बुधबारे ट्राफिक ३० हजार, लक्ष्मीपुर ट्राफिक १५ हजार, सुरूङ्गा ट्राफिक २० हजार, केर्खा ट्राफिक १५ हजार, दमक ट्राफिक १५ हजार र गौरादह ट्राफिक पोष्टले १५ हजार मासिक अवैध रकम असुलेर बुझाउनुपर्ने बुझिएको छ ।
प्रत्येक ओभर लोड एक सय टन बोक्ने ट्रकबाट मासिक ५ हजार रूपैयाँ ट्राफिक प्रहरीले असुल्ने गरेको पाइएको छ । जिल्ला भरका टिपरबाट पनि ट्राफिक प्रहरीले मासिक ५ हजार असुल्ने गरेको बुझिएको छ । त्यस्तै साना तथा ठुलठुला सवारी साधानहरूबाट समेत ट्राफिक प्रहरीले विभिन्न बहानामा रकम असुल्ने गरेको तथ्य प्राप्त भएको छ ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
