इच्छा विपरीत रङ नलगाउन झापा प्रहरीको आग्रह


झापा । फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन झापावासीलाई अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालय झापाले अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अपिल गरेको छ ।

आइतवार जिल्ला प्रहरी कार्यालय झापाले सार्बजनिक सूचना जारी गर्दै होली पर्वलाई सभ्य,शिष्ट स्वस्थ्यकर र मर्यादित बनाउन आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले होली पर्वका नाममा उच्छृब्खल गतिविधि नगर्न र अपरिचित मानिसको समूहमा होली नखेल्न समेत आग्रह गरेका छन् ।

होली खेल्ने क्रममा कसैको इच्छा विपरीत रब नलगाउन र स्वास्थ्यलाई हानी पु¥याउने विभिन्न किसिमका केमिकल प्रयोग नगर्न समेत प्रहरी उपरीक्षक केसीको आग्रह छ । होली खेल्ने वहानामा पकेटमार, लुटपाट जस्ता कार्यहरु हुनसक्ने भएकाले आफूले बोकेका सामानहरु ९मोवाइल, पर्स, गहरगहना० सुरक्षित गर्न प्रहरी उपरीक्षक केसीको आग्रह छ ।

होली पर्व मनाउने वहानामा नसालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन प्रहरीले सबैमा आग्रह गरेको छ । साथै ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहीको अनुरोध छ । कानून विपरीत कार्य गरे प्रचलित कानून बमोजिम कारवाही हुने प्रहरी उपरीक्षक केसीको भनाइ छ ।

यसैबीच होली पर्वमा हुन सक्ने अवान्छित क्रियाकलाब रोक्न जिल्ला प्रहरी कार्यालय झापाले पाँच सय ५० जना प्रहरी परिचालन गरेको छ । विहानैदेखि राति ९ बजेसम्म जिल्लाको मुख्य राजमार्गसहित भित्री सडक खण्डमा समत चेकजाँचलाई कडाई गरिने प्रहरी उपरीक्षक केसीले बताए ।

तीन चरण गरेर प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ प्रहरी उपरीक्षक केसीले भने – आइतवार जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी इञ्चार्जसंँग बैठक गरी होलीलाई सुरक्षित र मर्यादित बनाउन आ आप्mनो ठाउँबाट पहल गर्ने निर्णय गरिएको छ ।

राजमार्गमा विना हेलमेट मोटरसाइकल चलाए, मादक पदार्थ सेवन गरेर सवारी चलाए वा कानून विपरितका कुनै पनि कार्य गरे तत्कालै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारवाही गरिने प्रहरी उपरीक्षक केसीको भनाइ छ ।