मेचीनगर स्पोर्ट्स मेनिया २०८० : मेचीनगर-१० च्याम्पियन
मेचीनगर । मेचीनगर वडा नम्बर १० मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० को च्याम्पियन बनेको छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनियामा १६ स्वर्ण सहित मेचीनगर १० च्याम्पियन बनेको हो । मेचीनगर १० ले प्रतियोगितामा १६ स्वर्ण १ रजत र ३ कास्य पदक प्राप्त गर्यो ।
प्रतियोगितामा मेचीनगर वडा नम्बर ६ ले ९ स्वर्ण सहित दोस्रो भयो । उसले ९ स्वर्ण, १० रजत र १० कास्य प्राप्त गर्यो । त्यस्तै मेचीनगर वडा नम्बर ९ र मेचीनगर ११ समान ८ स्वर्णसहित तेस्रो भए । मेचीनगर ९ ले ८ स्वर्ण, ११ रजत र ५ कास्य तथा मेचीनगर ११ ले ८ स्वर्ण, ५ रजत र ९ कास्य पदक प्राप्त गर्यो ।
प्रतियोगितामा मेचीनगर वडा नम्बर ७ ले ६ स्वर्ण, ६ रजत र २ कास्य, मेचीनगर १४ ले ६ स्वर्ण, ५ रजत र २० कास्य, मेचीनगर ८ ले ४ स्वर्ण, ३ रजत र २ कास्य, मेचीनगर ३ ले ३ स्वर्ण, ३ रजत र १० कास्य, मेचीनगर १२ ले ३ स्वर्ण, २ रजत र २ कास्य, मेचीनगर १५ ले ३ स्वर्ण, ८ रजत र ६ कास्य, मेचीनगर ३ ले १ स्वर्ण, ८ रजत र १० कास्य, मेचीनगर २ ले ३ रजत, मेचीनगर ५ र १३ पदक विहिन भए ।

गत फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स र चेस खेलमा प्रतिष्पर्धा भएको थियो ।
समापन सत्रमा पदक विजेता खेलाडीहरूलाई मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, सामाजिक विकास संयोजक तथा मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशी, उपाध्यक्ष रविन ओझा, मेचीनगर बरिस्ठ प्रशासकीय अधिकृत तथा खेलकुद विकास समिति सदस्य सचिव अनन्त प्रकाश वस्तीलगायत वडाध्यक्षलगायत जनप्रतिनिधिले पुरस्कार वितरण गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...