चाँद मोहम्मदले ५ करोडमा बिर्तामोडमा खोले एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट
बिर्तामोड । झापा बाह्रदशीको राजगढमा एभरेष्ट मार्ट र एभरेष्ट सिनेमाको सफलतापछि व्यवसायी चाँद मोहम्मद हुसैनले बिर्तामोडमा पनि एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट संचालनमा ल्याएका छन् । बिर्तामोडको मुक्ति चौकको उत्तरपट्टि विशाल बजारमा उनले करिव ५ करोडको लागतमा सो मार्ट संचालनमा ल्याएका हुन् ।

एक समारोहका बीच बिहीवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । दुबई र साउदी अरबमा चाँद मोहम्मदले १८ वर्ष मार्केटिङको काम गरेका थिए । त्यही अनुभवलाई आफूले आफ्नो गाउँ राजगढसंगै बिर्तामोडमा गरेर देखाउन खोजेको उनले बताए । उनले आफ्नो मार्टमा ग्रोसरी,लत्ताकपडा , तरकारी , फलफूल उपलव्ध रहेको जानकारी दिए ।

‘झापाको मुटु बिर्तामोड , बिर्तामोडको मुटु मुक्तिचौकमा मार्ट खोलेका छौं’ उनले भने,‘ किफायती मूल्यमा गुणस्तरीय सामान दिन्छौं ।’ उनले निःशुल्क अनलाइन सेवासंगै टोल फ्री नम्बरसमेतको व्यवस्था गर्न लागिएको बताए । मनाङ, मुस्ताङसंगै पहाड र तराईका ताजा तरकारी , तथा फलफूलहरु उपलव्ध गराउने आफ्नो उद्धेश्य रहेको उनले सुनाए ।
प्रमुख अतिथि नगर प्रमुख प्रसाई , बिशेष अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बाह्रदशीका पूर्व वडाध्यक्ष प्रेम घिमिरेले मन्तव्य राखेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विशाल थापा , महासचिव कुशल खतिवडा , सदस्य सुष्मा उप्रेतीलगायतको उपस्थिति रहेको थियो । बिशाल बजारको २४ वटा सटरमा सो मार्ट संचालन गरिएको जनाइएको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
