चाँद मोहम्मदले ५ करोडमा बिर्तामोडमा खोले एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट
बिर्तामोड । झापा बाह्रदशीको राजगढमा एभरेष्ट मार्ट र एभरेष्ट सिनेमाको सफलतापछि व्यवसायी चाँद मोहम्मद हुसैनले बिर्तामोडमा पनि एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट संचालनमा ल्याएका छन् । बिर्तामोडको मुक्ति चौकको उत्तरपट्टि विशाल बजारमा उनले करिव ५ करोडको लागतमा सो मार्ट संचालनमा ल्याएका हुन् ।
एक समारोहका बीच बिहीवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । दुबई र साउदी अरबमा चाँद मोहम्मदले १८ वर्ष मार्केटिङको काम गरेका थिए । त्यही अनुभवलाई आफूले आफ्नो गाउँ राजगढसंगै बिर्तामोडमा गरेर देखाउन खोजेको उनले बताए । उनले आफ्नो मार्टमा ग्रोसरी,लत्ताकपडा , तरकारी , फलफूल उपलव्ध रहेको जानकारी दिए ।
‘झापाको मुटु बिर्तामोड , बिर्तामोडको मुटु मुक्तिचौकमा मार्ट खोलेका छौं’ उनले भने,‘ किफायती मूल्यमा गुणस्तरीय सामान दिन्छौं ।’ उनले निःशुल्क अनलाइन सेवासंगै टोल फ्री नम्बरसमेतको व्यवस्था गर्न लागिएको बताए । मनाङ, मुस्ताङसंगै पहाड र तराईका ताजा तरकारी , तथा फलफूलहरु उपलव्ध गराउने आफ्नो उद्धेश्य रहेको उनले सुनाए ।
प्रमुख अतिथि नगर प्रमुख प्रसाई , बिशेष अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बाह्रदशीका पूर्व वडाध्यक्ष प्रेम घिमिरेले मन्तव्य राखेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विशाल थापा , महासचिव कुशल खतिवडा , सदस्य सुष्मा उप्रेतीलगायतको उपस्थिति रहेको थियो । बिशाल बजारको २४ वटा सटरमा सो मार्ट संचालन गरिएको जनाइएको छ ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...