घैलाडुब्बा मन्दिरमा भक्तजनको घुइचो (फोटो फिचर)
मेचीनगर । मेचीनगर–५ र ८ मा रहेको घैलाडुब्बा मन्दिरमा भक्तजनको घुइचो लागेको छ । महाशिवरात्रीका अवसरमा घैलाडुब्बा मन्दिरमा भक्तजनको घुइचो लागेको हो ।
घैलाडुब्बा मन्दिर तथा पातालगंगा धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको यो क्षेत्रमा शिवरात्रीको अवसरमा बिषेश मेला लागेको हो । यो वर्ष मन्दिर व्यवस्थापन समितिले सक्रियता देखाउदा मेला भव्यरुपमा सम्पन हुदैछ ।

धार्मिक इतिहास अनुसार अर्जुनले गौचरणमा जाँदा प्यास मेटाउन पानी खान मन लागेपछि धनुषले जमीनमा हानी पातालबाट पानी निकाली आफ्नो प्यास मेटाएको भन्ने किंवदन्ती रहिआएको छ । जहाँ अहिले पनि बाह्रैमास पानी निस्किरहन्छ । धार्मिक आस्थाका कारण अहिले पनि कुनै दुःख/बिराम हँुदा मन्दिरमा पूजा आराधना गरेर जल अर्पण गरे निको हुने विश्वासका साथ मानिसहरु आउने गरेका छन् ।

पातालगंगा तथा शिवालय मन्दिरसँगै रहेको टोकला बगानको हरियालीले यो क्षेत्रलाई सुन्दरता थपेको छ ।

अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

