मेचीनगर–९ : जेष्ठ नागरिकको स्वास्थ उपचार र औंषधि नि : शुल्क
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ ले वडाका जेष्ठ नागरिकहरूको स्वास्थ परिक्षण र औंषधि उपचार निस्शुल्क गरिदिने भएको छ ।
जेष्ठ नागरिकहरूको स्वास्थ्यमा संवेदनशील बन्दै कार्यालयले ६५ बर्षदेखि माथिका ९ नं वडाका सम्पूर्ण जेष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन लागेको हो ।
यहि फागुन २७ गतेदेखि जेष्ठ नागरिक बुबा आमाहरुको स्वास्थ्य परिक्षण सेवा सुचारु गर्न लागिएको मेचीनगर ९ का वडाध्यक्ष कञ्चन कुमार तामाङले जानकारी दिए । उनले जेष्ठ नागरिक आमा बुबामाझ स्वास्थ्यको पहुँच सहज रुपमा पुर्याउने उदेश्यले वडा लागि परिरहेको बताए । सोहि कार्यको फलस्वरुप आम्दा मेची अस्पताल धुलाबारीसंग सहकार्य गर्दै वडाले जेष्ठ नागरिक आमाबुबाको स्वास्थ्य उपचार निःशुल्क गर्न लागिएको बताए ।
वडाले सुरुवातमा २ लाख बजेट छुट्याएर पाका आमाबुबाहरुको स्वास्थ्य उपचार र औषधि वितरण अभियान सञ्चालन गर्दैछ । अभियान आगामी फागुन २७ गतेदेखि १० दिनसम्म सञ्चालन हुने वडा कार्यालयले जनाएको छ । यता वडा कार्यालयसंग सहकार्य गर्ने स्वास्थ्य संस्था आम्दा मेची अस्पतालले पनि करिब १ लाख ९५ हजार मुल्य बराबरको औषधि उक्त अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

वडाबाट सिफारिस भएर आएका ६५ बर्षमाथिका सबै जेष्ठ नागरिकलाई सहज रुपमा आफुहरु सेवा दिन तयार रहेको आम्दा मेची अस्पताल प्रशासन प्रमुख किरण निरौलाले बताए ।
स्वास्थ्य सेवा कसरी प्रभावकारी बनाएर लैजाने भन्ने विषयमा सोमबार वडा कार्यालयले एक संक्षिप्त छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा वडाध्यक्ष कञ्चन कुमार तामाङ, वडासदस्यहरु राजन खड्का, धनकुमार श्रेष्ठ वडासचिव सुरेश घिमिरे तथा आम्दा मेची अस्पतालका प्रमुख डाक्टर पोषण रमण त्रिपाठी, प्रशासन प्रमुख किरण निरौलालगायत सञ्चारकमीको उपस्थिती रहेको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
