आदर्श विद्या मन्दिर वार्षिकोत्सवमा पत्रकार घिमिरे सम्मानित
मेचीनगर । मेचीनगर – ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माविले सोमबार आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरेलाई सम्मान गरेको छ ।
पासाङ्ग ल्हामु जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यालयले पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पुर्र्याको भन्दै पत्रकार घिमिरेलाई स्व। लिलाकुमार ÷ कौशल्यादेवी श्रेष्ठ स्मृति पुरस्कारबाट नगद सहित सम्मान गरेको हो ।
पत्रकार घिमिरे विपन्न र आसाहयहरुको निम्ति साहारा बन्दै आएका छन् । उनले कोभिडको समयमा विपन्न परिवारका निम्ति ठूलो योगदान पुर्याएका थिए । विद्यालयका प्रिन्सिपल कविन्द्र श्रेष्ठले आफ्ना स्व। बुबा आमाको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट हरेक वर्ष सामाजिक क्षेत्रमा योगदान गर्ने एक प्रतिभालाई सम्मान गर्दै आएका छन् ।
विद्यालयले वर्ष उत्कृष्ठ शिक्षक सम्मान विद्यालयकी शिक्षिका अनिमा राजवंशीलाई प्रदान गरेको छ । सो अवसरमा विद्यार्थीहरुको एकल तथा सामुहिक रोचक नृत्य, गायन, कविता वाचन तथा चेतना मुलक नाटक प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुको प्रतिभा देखेर अभिभावक तथा अतिथिहरु दंग परेका थिए । विद्यार्थीहरुले प्रस्तुत गरेको चेतनामुलक नाटकले सहभागि सबैको मन तानेको थियो । सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिकाहरुले समेत रोचक नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवकुमार रेग्मीको सभापतित्व तथा मेचीनगर शिक्षा शाखा प्रमुख एवम् मेचीनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भण्डारी, मेचीनगर –९ का वडाध्यक्ष कञ्चन तामाङ, वडानम्बर – ११ का वडाध्यक्ष रुद्र डाँगी, सम्मानित ब्याक्तित्व खगेन्द्र घिमिरे, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, तारापुञ्ज छोरी बुहारी महिला विकास संस्थाकी अध्यक्ष सीता पोख्रेल, पूर्व श्रोत ब्याक्ति भीम निरौला लगायतले बोलेका थिए ।
विद्यालयका प्रिन्सिपल कविन्द्र श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थिए । कक्षा ८ की छात्रा अनामिका दाहालले स्वागत गरेको सांगीतिक कार्यक्रमको सञ्चालन भने विद्यार्थीहरु आयुसा राई र दिब्याङ्का खत्री, प्रियाङ्का मगर, स्मृति तामाङ, पर्वत विक, र सुयोग मण्डलले संयुक्त रुपमा गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन भने शिक्षिका खीला खनालले गरेकी थिइन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
