मेचीनगर ओलम्पिक : फागुन २९ गतेदेखि
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा खेलकुदको महाकुम्भ “मेचीनगर नगर ओलम्पिक” हुने भएको छ । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखि विभिन्न विधामा नगरस्तरीय खेलकुद प्रतियोगिता हुन लागेको हो ।
मेचीनगरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको नगर ओलम्पिकमा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्सका खेलहरू हुने मेचीनगर बरिस्ठ प्रशासकीय अधिकृत तथा नगर खेलकुद विकास समिती सदस्य सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिए ।
उनका अनुसार फुटवल (महिला र पुरुष), भलिवल (महिला र पुरुष), क्रिकेट ९महिलारपुरुष०, कवाडी (महिलारपुरुष), चेस–बुद्दिचाल (खुला), कराते (३० केजी. ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी), बक्सिंग (३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी) र तेक्वान्दो (३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी) तौल समुहमा हुने छ ।
त्यस्तै एथलेटिक्स तर्फ हाइजम्प (महिलारपुरुष), लंगजम्प (महिलारपुरुष), सटपुट (महिलारपुरुष), ज्याभलिन (महिलारपुरुष), रिले १००८४ (पुरुष ) ४०, रिले १००८४ (मिक्स २ महिला – २ पुरुष), १०० मि. (महिलारपुरुष), २०० मि।(महिलारपुरुष), ४०० मि.(महिलारपुरुष), ८०० मि. (महिलारपुरुष) र ३००० मि. (महिलारपुरुष)ले प्रतियोगितामा सहभागी हुनेछन् ।
मेचीनगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझाले फागुन २३ गतेसम्ममा नगरका पन्द्रवटै वडाबाट खेलाडीहरु छनोट सम्पन्न गरी नगरपालिका बुझाइ सक्नुपर्ने बताए । उनका अनुसार वडाबाट कराते, तेक्वान्दो, बक्सिङ खेलका लागि प्रत्येक तौल समुहबाट १ जना महिला र १ जना पुरुष छनौट गरीने छ । त्यस्तै फुटबल, क्रिकेट, भलिबल, कबड्डीखेलको पनि महिला र पुरुष दुवै टिम छनोट गरिने उनले बताए ।
प्रतियोगितामा सहभागी विजेता टिम तथा खेलाडीहरुलाई नगदसहित ट्रफि, मेडल र प्रमाण्पत्र वितरण गरिने मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशीले जानकारी दिए ।
बिर्तामोड । झापाको बुद्धशान्तिमा बुद्धशान्ति प्रेस क्लबको आयोजनामा...
काँकरभिट्टा । काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्ष २०८१र८२...
झापा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया...
मेचीनगर । नेशनल प्याब्सन मेचीनगरले विविध कार्यक्रमका साथ...
बिर्तामोड । झापाको काँकरभिट्टाबाट सशस्त्र प्रहरी बल नेपाल...
मेचीनगर। झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने...