धुलाबारीमा इन्जिनियरिङ नमुनाको प्रदर्शनी हुँदै
धुलाबारी । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले यही फागुन १७ र १८ गते इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ ।
धुलाबारी क्याम्पस परिसरमा हुने उक्त प्रदर्शनीमा इन्स्टिच्यूटका आइटी, सिभिल र आर्किटेक्चर विषयमा अध्ययनरत् विद्यार्थीले निर्माण गरेका वैज्ञानिक साधनहरु देखाइने प्रिन्सिपल ई. रुद्र मैनालीले बताए।
उनका अनुसार प्रदर्शनीमा मेचीनगरका एक हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा विद्यार्थीको दश वटा समूहले फरक प्रस्तुति राख्नेछन् ।
सिभिल इन्जिनियरिङ विभागका शिक्षक सागर बुढाथोकीका अनुसार कार्यक्रममा स्मार्ट सिटी, पुल, टनेल आदिको नयाँ मोडेलहरु राखिने छन् । विद्यार्थीहरुले बनाएको नमुना रिमोटवाला गाडी र पोलुसन रिडक्सन मोडेल पनि प्रदर्शनीमा राखिने भएको छ ।
मेचीनगरको एक मात्र प्राविधिक शिक्षालयको रुपमा रहेको यस इन्स्टिच्यूटमा हाल १३८ विद्यार्थी अध्ययनरत् छन् । प्रदर्शनीले विद्यार्थी तथा अभिभावकहरुलाई आँगनमै रहेको कलेजमा विश्वस्तरीय प्राविधिक विषयमा गुणस्तरीय पठनपाठन भइरहेको र पढ्नका लागि ठूलो धनराशी खर्चेर विदेश गइरहनु नपर्ने सन्देश प्रवाहित हुने आशा गरिएको प्रशासन प्रमुख पुष्प पौडेलले बताए ।
मेचीनगर र त्यसभन्दा बाहिरका विद्यालयका विद्यार्थीहरुलाई प्रदर्शनीको अवलोकनका लागि आउन इन्स्टिच्युटले आग्रह गरेको छ ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...