मेचीनगर : सामुदायिक कुकुर नियन्त्रणका लागी बन्ध्याकरण अभियान
इटाभट्टा । झापाको मेचीनगरले सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गर्ने भएको छ । सामुदायिक कुकुरहरु नियन्त्रणका लागी मेचीनगर नगरपालिकाले बन्ध्याकरण अभियान सञ्चालन गर्न लागेको हो ।
मेचीनगर नगरपालिकाले यही फागुन १२, १३ र १४ गते मेचीनगर क्षेत्रका सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । बन्ध्याकरण कार्यक्रम धुलाबारी माध्यमिक विद्यालयको परिसरमा बिहान ७ बजे देखि बेलुकी ४ बजे सम्म सञ्चालन हुनेछ ।
नगरपालिकाको आयोजना तथा धुलाबारी माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा हुन लागेको बन्ध्याकरण अभियानमा सामुदायिक कुकुरको बारेमा सूचना दिइ वा बन्ध्याकरण स्थलमा पठाइ सहयोग गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
