एतिहासिक पातालगंगा मन्दिरमा भोलिदेखि पुराण

काँकरभिट्टा । काँकरभिट्टाको एतिहासिक धार्मिक स्थलको रुपमा परिचित कालीखोलाको शिव पातालगंगा मन्दिरमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदैछ । मेचीनगर–६ स्थित शान्ति–रमाइलो गाउँको शिव पातालगंगा मन्दिर समिति र सद्गुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ को संयुक्त आयोजनामा आइतबारदेखि ७ दिने पुराण सुरु हुने भएको हो ।
आज मन्दिर परिसरमा समितिले पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ । सद्गुरु मानव सेवा फाउण्डेशनका अध्यक्ष आचार्य पण्डित मुकुन्द नेपालले मन्दिरको व्यवस्थापन तथा हात–खुट्टा, श्रवण शक्ति नभएका असक्त–अपाङगहरुलाई कृतिम हात–खुट्टा र ह्युल चियर सहयोगका लागि अक्षयकोष स्थापना गर्ने उदेश्यले पुराण सुरु गर्न लागिएको बताए ।
‘यसलाई हामीले अभियानको रुपमा लगेका छौँँ’ अध्यक्ष नेपालले भने–‘मेचीदेखि महाकालीसम्म यो अभियानलाई लान्छौँ । काँकरभिट्टाको पुराणपछि झापा र इलामको ६ ठाउँमा गरिनेछ । अभियान १५ वर्षदेखि निरन्तर रुपमा सक्रिय छ ।’
भोलिदेखि सुरु हुने पुराणको पहिलो दिन कलशयात्रा गरिने कार्यक्रम छ । मेची नदीको जल लिएर मन्दिरमा चढाएर पुराण विधिपूर्वक सुरु हुनेछ । पुराणको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गर्नेछन् । एकहप्ताको पुराण आयोजना गर्न करिव ५ देखि ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान समितिले गरेको छ । सद्गुरु मानव सेवा फाउण्डेशनका सञ्चालक सचिन निरौलाले हात–खुट्टा नभएका, दुःखमा परेकाहरुको कृतिम हात–खुट्टा, ह्युललचियर र बैशाखीहरु उत्पादन गरेर उद्योग स्थापना गर्ने अभियानको लक्ष्य रहेको बताए ।
शिव पातालगंगा मन्दिर समितिका सदस्य राजु कार्कीले ०४५ सालको भुकम्पपछि अलिक ओझेलमा परेको एतिहासिक धार्मिक स्थलको पहिचान स्थापित गर्न पनि यो अभियानमा जोडेर पुराण आयोजना गरिएको बताए । ०४५ सालअघि काँकरभिट्टाबासीले कालीखोलाको पातालगंगा मन्दिरमा पुजा गर्ने र पानी खाने ठाउँका रुपमा परिचित रहेको कार्कीको भनाई छ । शिव पातालगंगा मन्दिर समितिका संरक्षक शंकर भट्टराईले यहाँ नव ग्रहको मन्दिर र २२ धारा निर्माण गर्ने उदेश्य पनि रहेको जानकारी दिए । शिव पातालगंगा मन्दिर समितिका अध्यक्ष एवम् पुराण मुल आयोजक समितिका संयोजक प्रेमरत्न चुडालको अध्यक्षता र सञ्चालन पण्डित देवराज निरौलाले गरेका थिए ।

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...