अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र व्यावसायीक प्यानलको उम्मेदवारी घोषणा
बिर्तामोड । फागुन १४ गते हुन गइरहेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायीक प्यानलले उम्मेदवारी घोषणा गरेको छ । आज बिर्तामोडस्थित अतिथी सदनमा अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवारहरु घोषणा गरेका हुन् । स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ९राजु०, उद्योग उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष गंगा मैनाली, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कृष्ण पौडेल, उद्योग सचिव विसम लिम्बु, वाणिज्य सचिव कृष्ण चापागाईं, कोषाध्यक्ष युवराज निरौला र सह–कोषाध्यक्षमा निशा कर्णको नाम घोषणा गरिएको छ ।
खुल्ला सदस्यहरुमा शत्रुधन प्रसाद गुप्ता, केदार खनाल, शोतलाल राजबंशी, कृष्ण बजगाई , राकेश कुमार सिंह, चन्द्रा भट्टराई, अमिर खान, महिला सदस्यहरु सुष्मा उप्रेती ९सुवेदी० र रिता चौधरी अग्रवाल रहेका छन् । स्वतन्त्र उम्मेदवारहरुलाई पाँच दलले समर्थन जनाएको छ ।
उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार अर्जुन कुमार मैनालीले वाणिज्य संघ मार्फत व्यवसाय क्षेत्रमा रुपान्तरण ल्याउन स्वतन्त्र प्यानलको जीत जरुरी रहेको बताए । उनले यथास्थितिको निरन्तरता गर्ने कि परिवर्तनको थालनी गर्ने त्यसमा व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए । व्यवसायीको हकहितमा काम गर्ने प्रतिवद्धता जनाउदै अध्यक्षका उम्मेदवार मैनालीले रुपान्तरणका लागि स्वतन्त्र व्यवसायीक प्यानललाई मत दिन आव्हान गरेका छन् ।
कार्यक्रममा अधिकांश वक्ताले वाणिज्य संघप्रति विश्वास हराएको बताएका छन् । व्यावसायीको हितमा काम नगरेसम्म विश्वास जित्न नसकिने भन्दै अधिकांश वक्ताहरुले बिर्तामोडलाई जोगाउन पनि स्वतन्त्र प्यानललाई जिताउन आवश्यक रहेको धारणा राखे । धुलावारी बजार र भद्रपुर जस्तै बिर्तामोड पनि कमजोर बनाउने खेल भइरहेको प्रति संकेत गर्दै अग्रज व्यवसायीहरुले भने – विर्तामोडलाई सुकाउने षडयन्त्र विरुद्ध सबै व्यवसायीहरु एक हुनुपर्छ ।
उम्मेदवार घोषणा कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवम् अग्रज व्यक्तित्व राजकुमार पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादीका नेता भानु दंगाल, वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, नेकपा एमालेका केन्द्रीय सदस्य दिपक कार्की, निर्वाचन परिचालन समिति संयोजक एकराज कार्की, रास्वपाका अर्जुन उप्रेती लगायतले मन्तव्य राखेका थिए । राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
