गृहलक्ष्मी साकोस : ४५ दिने निः शुल्क कोचिङ कक्षा सञ्चालन


मेचीनगर । एसईई परीक्षालाई लक्षित गरेर मेचीनगर – ९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ४५ दिने निः शुल्क कोचिङ कक्षा सुरु गरेको छ । संस्थाको १६ औं वार्षिक उत्सवको अवसर पारेर निःशुल्क कोचिङ कक्षा सहित निःशुल्क स्वास्थ्य परीक्षण शिविर, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने भएको छ । कोचिङ कक्षाको शुभारम्भ भने शुक्रबार सहकारी संस्थाको सभाहलमा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

सहकारी संस्थाकी उपाध्यक्ष दुर्गा डाँगी रेणुकाको अध्यक्षता तथा संस्थाक अध्यक्ष दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धुलाबारी माविका साहयक प्रधानाध्यापक तेज प्रसाद चौलागाईँ, सुमन बाँस्तोला लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य राजु धिमालले गरेका थिए ।

सहकारीले धुलाबारी माध्यमिक विद्यालय, कवि शिरोमणी मावि र संस्थाका सेयर सदस्यहरुको छोरा छोरीहरुलाई प्राथमिकतामा राखी कोचिङ कक्षा सञ्चालन गरेको संस्थाका ब्यवस्थापक सरोज मेहराले जानकारी दिए । कोचिङ कक्षामा ४० विद्यार्थीको सहभागिता रहेको छ । गणित र अंग्रेजी विषयमा दुई वटा सेसन बिभाजन गरी बिहान र बेलुका कक्षा सञ्चालन हुने उनको भानाई छ । गृहलक्ष्मी साकोसको सभाहलमा सञ्चालन हुने कोचिङ कक्षा गणित विषय शुमन बाँस्तोलाले र अंग्रेजी विषय भीम किसानले अध्यापन गराउने छन् ।

संस्थाले बिर्तामोड सेवा केन्द्र मार्फत आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई पोषण कार्यक्रम सहित सम्मान गर्ने, इटाभट्टा सेवा केन्द्र मार्फत निःशुल्क स्वास्थ्य शिविर, गाडागल्ली सेवाकेन्द्र मार्फत बच्चा र गाइनो सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको संस्थाकी उपाध्यक्ष डाँगीले बताइन् । संस्थालेआगामी फागुन १२ गते भब्य रुपमा १६ औं वार्षि उत्सव मनाउँदै छ ।