मेची कृषकको अध्यक्षमा पुनः बुढाथोकी
इटाभट्टा । मेची कृषक बहुमुखी सहकारी संस्था मेचीनगर–७ इटाभट्टाको अध्यक्षमा पुनः हरिबहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन् । सहकारीको २४ औं साधारण सभा अन्तर्गत वुधवार सम्पन्न निर्वाचन प्रक्रियामा अध्यक्षका प्रत्यासी मनोज गौतमले सहमतिका लागि उम्मेद्वारी फिर्ता लिए पछि अध्यक्षमा बुढाथोकी सहित सबै सञ्चालक समिति सर्बसम्मत निर्वाचित भएका हुन् ।
१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, सदस्यहरुमा सूर्य अधिकारी, साजना श्रेष्ठ, कमल थापा, माधव आचार्य, रुपसागर अधिकारी, श्यामलाल दाहाल, ऋषिप्रसाद निरौला, भवनाथ दाहाल, देवीबहादुर खड्का, नैनकला खत्री राउत र धर्मकला कोइराला सर्वसम्मत चयन भएको निर्वाचन समिति सदस्य हेमेन्द्र निरौलाले जानकारी दिए ।
तीन सदस्यीय लेखा सपुरीवेक्षण समितिको संयोजकमा कमलप्रसाद बाँस्तोला चयन भएका छन् । लेखा समितिको सदस्यहरुमा शान्ति चौधरी र हेमप्रसाद कोइराला निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
मेची कृषक बहुमुखि सहकारी संस्थाको मुख्य कार्यालय इटाभट्टा र अन्य सेवा केन्द्रहरु समेत बिस्तार गरेर काम गरिरहेको छ । बचत तथा ऋण को कारोबारसंगै किसानका लागि विभिन्न जातका बालिको बीउ बीजन समेत उत्पादन र बितरण गर्दै आएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
