झापाका मेलामा खुलेआम जुवा , प्रहरी प्रशासन मौन
झापा । प्रहरी प्रशासनको आड्मा झापामा खुलेआम प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको पाइएको छ । जिल्ला स्थित विभिन्न स्थानमा लाग्दै आएको मेला महोत्सवमा अहिले प्रहरीकै संरक्षणमा डाइस, लक्कीसेभेन लगायतका प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरिएको हो । प्रहरी प्रशासन समेतको सेटिङमा महोत्सव चलाएको भन्दै महोत्सव सञ्चालकले खुलेआम धम्की दिने गरेका छन्,।
झापामा अहिले महोत्सवको माहोल तातिरहेको छ । प्रतिस्पर्धा नै गरेर विभिन्न स्थानमा साँस्कृतिक महोत्सवका नाममा विभिन्न महोत्सवहरू लागि रहेका छन् । सोही बहानामा आयोजक, ठेकेदारले प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको छन् । उक्त प्रतिबन्धित खेललाई प्रहरी प्रशासनले पनि साथ दिइरहेको छ । विशेषगरी अहिले झापाको गौरादह, राजगढ, विर्तामोड र चारआलीमा महोत्सव सञ्चालन भइरहेका छन् ।
त्यस महोत्सवमा सुरक्षा प्रदान गर्न सादा पोशाकका प्रहरी सहित ठुलै समुहमा प्रहरी परिचालन समेत गरिएको छ । तर, प्रहरी भएकै ठाउँमा खुलेआम डाइस, लक्की सेभेनलगायतका खेलहरू हुने गरेपछि त्यस किसिमका खेलहरूमा उनीहरूको समर्थन रहेको बुझिएको छ । सांस्कृतिक महोत्सवका नाममा अपाच्य र अर्धनग्न नाचहरुसमेत हुँदै आएका छन्, भने यश विषयमा प्रशासनलाई जानकारी गराउँदा समेत बेवास्ता गरेपछि प्रशासन माथिको संलग्नताको आरोपलाई थप बल पुगेको छ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
