जोरसिमल कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर– ७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष प्रहलादमणि ओलीको सभापतित्व तथा ज्येष्ठ सदस्य इन्दुमती ओलीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सहकारी संस्थाका सल्लाकार नारायण प्रसाद ओली, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, शिक्षा संयोजक गोविन्द ओली लगायतले सहकारीले सदस्यहरुको जीवन स्तर उकास्ने खालका कृषि कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अध्यक्ष प्रहलादमणि ओलीले आगामी लक्ष तथा कार्यक्रम समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । सहकारीले आगामी वर्ष कृषि कार्यक्रमलाई महत्वका साथ उठाएको र कृषिबाटै आत्मनिर्भर बन्ने खालका कार्यक्रम अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । मेचीनगर –७ का वडाध्यक्ष समेत रहेका ओलीले वडाकार्यालयले वडानम्बर –७ लाई गहुँमा आत्मनिर्भर बनाउने गरी अभियान थालेको उनको भनाई थियो ।
सहकारी संस्थाका उपाध्यक्ष गंगा प्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव चन्द्र निरौलाले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
