जोरसिमल कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/01/received_1052951322678006.jpeg)
मेचीनगर । मेचीनगर– ७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष प्रहलादमणि ओलीको सभापतित्व तथा ज्येष्ठ सदस्य इन्दुमती ओलीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सहकारी संस्थाका सल्लाकार नारायण प्रसाद ओली, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, शिक्षा संयोजक गोविन्द ओली लगायतले सहकारीले सदस्यहरुको जीवन स्तर उकास्ने खालका कृषि कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अध्यक्ष प्रहलादमणि ओलीले आगामी लक्ष तथा कार्यक्रम समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । सहकारीले आगामी वर्ष कृषि कार्यक्रमलाई महत्वका साथ उठाएको र कृषिबाटै आत्मनिर्भर बन्ने खालका कार्यक्रम अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । मेचीनगर –७ का वडाध्यक्ष समेत रहेका ओलीले वडाकार्यालयले वडानम्बर –७ लाई गहुँमा आत्मनिर्भर बनाउने गरी अभियान थालेको उनको भनाई थियो ।
सहकारी संस्थाका उपाध्यक्ष गंगा प्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव चन्द्र निरौलाले गरेका थिए ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...