प्याब्सन मेचीनगरको स्पोर्ट २०८० सम्पन्न
मेचीनगर । प्याब्सन मेचिनगरको आयोजनामा सञ्चालित खेलकुद उत्सव बुधबार सम्पन्न भएको छ । माघ ६ गते बाट शुरु भएको खेल उत्सव प्याब्सन मेचीनगरमा आवद्ध ३५ विद्यालय मध्ये २६ वटा विद्यालय सहभागि बनेका थिए । सहभागि विद्यालयका विद्यार्थीहरुले भलिवल, फूटवल, क्रिकेट, टि.टि, चेस जस्ता विद्याहरूमा आफ्नो प्रतिमा प्रस्तुत गरेका थिए ।
प्याब्सनले यू–१५ फूटबल छात्र, यू–१२ फूटबल छात्र र कक्षा १० सम्मको छात्रा फुटबल काँकरभिट्टको खेलमदानमा सञ्चालन गरिएको थियो भने कक्षा ९ ,१० को छात्र भलिबल र छात्रा भलिवल हिमालयन एकाडेमी धुलावारीमा सम्पन्न गर्याे । त्यसैगरी कक्षा ८ सम्मको टि.टि छात्र, छात्रा र कक्षा १० सम्मको टि.टि. छात्र छात्रा सहित कक्षा ९, १० को क्रिकेट छात्र तर्फको खेल मेचीनगर – ८ स्थित सेन्ट्री स्कूलको खेल मैदानमा भएको थियो ।
त्यसैगरी कक्षा ५ सम्मको खुल्ला चेस र कक्षा १० सम्मको खुल्ला चेस तथा टि.टि हिमालयन हाइस्कूल धुलावारीमा सम्पन्न भयो ।
प्रतियोगितामा टि.टि. विद्या बाहेक सबै भन्दा बढी उपाधि थेसिस इङलिस सकेन्डरी स्कूल वडाखालले प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा छात्रा भलिवल तर्फ थेसिस स्कुल प्रथम, तारापुञ्ज दोस्रो, हिमालयन हाइस्कूल र होलिवेल तेस्रो भए छात्र भलिवल तर्फ सनसाइन प्रथम, होलिवेल दोस्रो, तारापुञ्ज र गंगा मेमोरियल तेस्रो भए फूटबल तर्फ यू–१५ झापा नेशनल प्रथम.भएको थियो भने पूर्वाञ्चल दोस्रो बन्न सफल भयो ।
त्यसैगरी कक्षा १० सम्मको छात्र फुटवलमा थेसिस स्कुल प्रथम, दोकानडाँडा दोस्रो बन्यो ।
यू–१२ फुटबल तर्फ यूनिक स्कूल प्रथम र थेसिस स्कुल दोस्रो भए कक्षा ९,१० क्रिकेट तर्फ नर्थ पोइन्ट प्रथम, होलीवेल दोस्रो भए, टि.टि तर्फ सेन्ट पल्स स्कूल, हिमालयन हाइस्कूल, पारिजात स्कूल, होलीवेल स्कूलले छात्र छात्रा डबल सिङ्गल दुबैमा सबैभन्दा बढी उपाधी हात पारे । कक्षा १० सम्मको खुला चेसमा माउन्ट पोइन्ट स्कूल चाराली प्रथम, लिभिङ फाउन्डेशन स्कूल धुलावारी दोस्रो भएको थियो । कक्षा ५ सम्मको खुला चेस प्रतियोगितामा तारापुञ्ज प्रथम र होलीवेलले दोस्रो उपाधी हातपार्याे ।

फुटवल तर्फ थेसिसकी छात्रा सुधा राई, बेस्ट, प्लेयर र उत्कृष्ट छात्रा खेलाडी हुन सफल भइन् । त्यसैगरी जे एन एस का अमित मण्डल, दनिश गौतम र आदित्य प्रसाईले वेस्ट प्लेयर, हाइएस्ट स्कोरर र मेन अफ द सेरिज को उपाधी प्राप्त गरेका थिए । खेलमा थेसिसका मञ्ञ्जिल काफ्ले सबैभन्दा बढी ७ गोल गरि हाइएस्ट स्कोररको उपाधी चुम्न सफल भए भने यूनिक स्कूलका आसिस विस्ट वेस्ट प्लेयर, नर्थ पोइन्टका सक्षम गौतम प्लेयर अफ द टुर्नामेन्ट र बेस्ट वलर, आशिस विस्ट होलिवेल वेस्ट व्याट्स मेन घोषित भए । रिशव नेउपाने होनिकल वैस्ट विकेट किपर, आशिस कार्की तारापुञ्ज वेस्ट फिल्डर को उपाधि प्राप्त गरे ।
कार्यक्रम सम्पन्न भएसँगै प्याब्सनले हिमालयन एकाडेमी धुलाबारीमा औपचारिक कार्यक्रम गरेर बिभिन्न विद्यामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । प्याब्सनले प्रत्येक कार्यक्रम तथा प्रतियोगीतामा विद्यार्थी केन्द्रित पुरस्का समेत वितरण गर्दै आएको छ ।
प्यावसन मेचीनगरका अध्यक्ष डम्बर रूचालको सभापतित्वा तथा प्याव्सन प्रदेश सदस्य अजय आले मगर प्रमुख आतिथ्मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन प्याव्सन मेचीनगर सचिव नेत्र खतिवडाले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
