तारापुञ्ज साकोसको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः रिजाल


चारआली । मेचीनगर— १२ स्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिको पद्हस्तान्तरण तथा सफद् ग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
चारआली खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा शनिवार सम्पन्न १६ औ वार्षिक साधारण सभाको अवसरमा नवनिर्वाचित समितिलाई निर्वाचन संयोजक रमेश दाहालले सफल ग्रहण गराएका हुन् ।

सहकारी संस्थाको छैटौं अधिवेशनबाट चार वर्षे कार्यकालको लागि अध्यक्षमा पुन : टिकाराम रिजाल सर्वसम्मत चयन भएका थिए । सहकारी संस्थाले पौष १९ गतेबाट निर्वाचन कार्यक्रम सुरु गरेको थियो ।

समितिको उपाध्यक्षमा दुर्गा प्रसाद निरौला, सदस्यहरुमा प्रकाश चापागाईँ, उत्तम कुमार पौडेल, श्रीराम मरासिनी, मुना श्रेष्ठ, कुशुम भट्राई, सन्तोष कुमार न्यौपाने, जगत प्रसाद पौडेल, निर्मला चौहान भण्डारी र पुष्पा अधिकारी, सर्बसम्मत चयन भएका थिए ।
त्यसैगरी लेखा समितिको संयोजकमा देवी प्रसाद खतिवडा तथा सदस्यहरुमा अर्जुन कुमार पोख्रेल र ज्ञानप्रसाद पौडेल सर्वसम्मत चयन भएका थिए ।

 

सहकारी संस्थाका अध्यक्ष टिकाराम रिजालको सभापतित्व तथा मेचीनगर — १३ का वाडाध्यक्ष कृष्ण सिक्देलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाले संस्थापक सदस्य, उत्कष्ट बचतकर्ता उत्कष्ट ऋणी, बालबचतकर्ता, उत्कृष्ट विद्यार्थी, ज्येष्ठ नागरिक, कर्मचारी तथा सहयोगि संस्थाहरुलाई सम्मान गरेको छ ।

सहकारीले संस्थापक सदस्यहरु लेखनाथ पौडेल, रमेश कुमार दाहाल, विजया निरौला दाहाल , महम्मद मुस्लिम, मिलन कुमार ढुंगानालाई सम्मान गरेको छ । उत्कृष्ट बचत कर्ता तर्फ स्वेता घिमिरे, तारा थेगिम लिम्बू र उत्कृष्ट ऋणी सम्मान खुवराज राजवंशीलाई प्रदान गरेको छ । त्यसैगरी उत्कृष्ट बालबचत सम्मान साहिना बराललाई प्रदान गरेको छ । सहकारीले ज्येष्ठ सदस्य सम्मान कृष्णमाया काफ्लेलाई प्रदान गरेको छ भने उत्कृष्ट कर्मचारी सम्मान जानुका पनेरुले प्राप्त गरिन् । सहकारीले शैक्षिक सम्मान अनुसा खनाललाई प्रदान गरेको छ । त्यसैगरी उद्यमशील महिला सम्मान ललिता ठाकुरले प्राप्त गरिन् । सहकारीले संस्थागत एवम् समूह सम्मान नारी एकता बचत समुह चारआलीलाई प्रदान गरेको छ । सम्मानित सबैलाई प्रमुख अतिथि एवम् अतिथिहरुले नगद सहित सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

सो अवसरमा सहकारी संस्थाका अध्यक्ष टिकाराम रिजालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०६४ सालमा ६४ जना सेयर सदस्यको ३ लाख २० हजार शेयर पुँजीबाट सुरु गरिएको सहकारीमा हाल २१ सय ७० शेयर सदस्य १ करोड ४७ लाख २८ हजार १०० शेयर पुँजी, १० करोड २८ लाख, ९७ हजार ३ सय रुपैयाँ वासलात तथा १८ करोड ७० लाख ७ हजार, ८७० रुपैयँ प्राप्ती भुक्तानी रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले सदस्य केन्द्रित बिभिन्न कार्यक्रम समेत आगामी योजनामा प्रस्तुत गरेको छ । संस्थाका उपाध्यक्ष दुर्गा प्रसाद निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक मोहन अधिकारी र सचिव प्रकाश चापागार्इँले गरेका थिए ।