प्रकृति सुपारी सहकारीकाे सभा सम्पन्न
मेचीनगर । झापाको मेचीनगरमा संचालित प्रकृति सुपारी सहकारी संस्था लि. मेचीनगरको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । फुलमाया तामाङको अध्यक्षता तथा मेचीनगर-९ का वडाध्यक्ष कन्चन तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सुपारी किसानलाई ब्यवसायिक बनाई उत्पादन, प्रशोधन र बजारीकरणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सुपारी खेती विकास संस्थाका अध्यक्ष देबिप्रसाद खतिवडा, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रबन्धक मुना घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष मनमाया तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन देबिमाया तामाङले गरेकी थिइन् । सभाले आब. २०८०/२०८१ का लागि २ करोड ७० लाख रुपैयाँकाे प्रस्तावित बजेट पेस गरेको छ । सहकारीले बचत, ऋण कारोबारसँगै सुपारी उत्पादन-प्रशोधन र बजारीकरण गरी सदस्यलाई ब्यवसायिक बनाउने कार्ययोजना अघि सारेको सदस्य जगत बहादुर तामाङले जानकारी दिए ।
………………..
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
