प्रकृति सुपारी सहकारीकाे सभा सम्पन्न

मेचीनगर । झापाको मेचीनगरमा संचालित प्रकृति सुपारी सहकारी संस्था लि. मेचीनगरको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । फुलमाया तामाङको अध्यक्षता तथा मेचीनगर-९ का वडाध्यक्ष कन्चन तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सुपारी किसानलाई ब्यवसायिक बनाई उत्पादन, प्रशोधन र बजारीकरणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सुपारी खेती विकास संस्थाका अध्यक्ष देबिप्रसाद खतिवडा, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रबन्धक मुना घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष मनमाया तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन देबिमाया तामाङले गरेकी थिइन् । सभाले आब. २०८०/२०८१ का लागि २ करोड ७० लाख रुपैयाँकाे प्रस्तावित बजेट पेस गरेको छ । सहकारीले बचत, ऋण कारोबारसँगै सुपारी उत्पादन-प्रशोधन र बजारीकरण गरी सदस्यलाई ब्यवसायिक बनाउने कार्ययोजना अघि सारेको सदस्य जगत बहादुर तामाङले जानकारी दिए ।
………………..

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...