मेचीनगर-९ : वडाध्यक्ष कपमा खुट्टीडाँगीको विजयी सुरुवात
धुलाबारी । वडा खेलकुद विकास समिति मेचीनगर–९ को आयोजनामा ‘दोस्रो वडा अध्यक्ष कप’ फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।
मेचीनगरको खुट्टीडाँगी खेल मैदानमा भइरहेको उद्घाटन खेलमा चियावल्नी गाउँ क्षेत्रलाई खुट्टीडाँगी क्षेत्रले पराजित गरेको छ । जितसँगै खुट्टीडाँगी क्षेत्रले विजयी सुरुवात गरेको छ । चियावल्नी गाउँ क्षेत्रलाई खुट्टीडाँगीले १–० को अन्तरले पराजित गरेको हो ।
खेल क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो । गत वर्षबाट वडाध्यक्ष कप खेलाइँदै आएको छ । प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको छ । खेल पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार र दोस्रोले नगद ३० हजासहित ट्रफी तथा प्रमाणपत्र पाउने छन् । बजार सिरान क्षेत्र सह–आयोजक रहेको प्रतियोगितामा विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयले १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । खेल अवधिभर ३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको खेलकुद समितिका सचिव राजु धिमालले जानकारी दिए ।
वडा खेलकुद विकास समिति मेचीनगर–९ का संयोजक राजन खड्का अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा उनले खेल क्षेत्रको विकास गर्न नगरपालिका योजना बनाएर अघि बढिरहेको बताए ।
वडाध्यक्ष कञ्चन तामाङले स्वागत गरेको कार्यक्रममा कविशिरोमणि मावि अध्यक्ष संगीता थापा, वडा सदस्य धनकुमार श्रेष्ठ, नेपाली कांग्रेस मेचीनगर सचिव मुकेश लिम्बू, एमाले नेत्रृ रेणुका डाँगी, राष्ट्रिय खेलाडी पुजन उपरकोटी लगायतको आतिथ्यता रहेको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
