जोरसिमल कप २०८० : धुलाबारी र ब्रदर्श एफसी सेमिफाईनलमा प्रवेश
मेचीनगर । मेचीनगर-७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगितामा बिहिबार भएको खेलमा एनएफसी धुलाबारी र ब्रदर्श एफसी विजयी हुँदै सेमी फाइनलमा प्रवेश गरेको छ ।
विहिबार क्वाटरफाइन खेल अन्तर्गत पहिलो खेलमा एनएफसी धुलाबारीले तुर्केनी एफसीलाई पेनाल्टीमा हराएको छ । निर्धारित समयमा दुवै टिमबाट कुनैपनि गोल हुन नसक्दा खेल गोलरहित बराबरीमा टुङ्गीएपछि खेलको नतिजा पेनाल्टीसुटबाट लिइएको थियो । जसमा धुलाबारी भाग्यमानी सावित हुँदै ६–५ गोल अन्तरले तुर्केनीलाई हराउँदै अन्तिम चारमा प्रवेश गर्यो ।
खेलको म्यान अफ दि म्याच धुलाबारीका गोलकिपर आकाश खड्का घोषित भए । उनलाई मेचीनगर न्यायिक समिति सदस्य कुन्दन निरौलाले नगदसहित ट्रफी प्रदान गरे ।
त्यस्तै विहिबार नै भएको दोस्रो खेलमा ब्रदर्श एफसीले एफसी डोकोलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । ब्रदर्शको जीतमा सन्दिप रसाईलीले २ तथा आकाश पाण्डे र दिपेश श्रेष्ठले एक एक गोल गरे ।
खेलको म्यान अफदि म्याच ब्रदर्श एफसीका सन्दिप रसाईली घोषित भए । उनलाई मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले नगदसहित ट्रफी प्रदान गरे ।
प्रतियोगिता अन्तरर्गत शुक्रबार पहिलो सेमिफाईनल खेल हुँदैछ । पहिलो सेमिफाईनलमा आयोजक जोरसिमल युवा क्लब र ब्रदर्श एफसी बिच खेल हुने आयोजक समितिका संयोजक सञ्जय मेचेले जानकारी दिए ।
पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...