कर्मणी साकोसको ७औं वार्षिक साधारणसभा सम्पन्न
कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाको उद्घाटन कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष तिवारीले सोही अवसरमा संस्थाको नयाँ कार्यलय भवनको समेत रिबन काटेर उद्घाटन गरिन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष तिवारीले सदस्यहरुको आर्थिक स्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताइन् । कार्यक्रममा कमल ३ का वडाध्यक्ष कमल कोइराला, कमल गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका अध्यक्ष शरणकुमार पराजुलीलगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
२०७४ सालमा २८ जना शेयर सदस्य बाट १ लाख ४० हजार रुपैयाँको शेयर बाट सुर भएको सहकारीमा हाल एक हजार १६ जना सदस्य छन् भने कुल १ करोड ८१ लाख ९१ हजार कारोबार गनै सफल भएको संस्थाका अध्यक्ष त्रिलोचन गौतमद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कर्मशील हातहरुको समृद्धिको लागी सक्षम सहकारी भन्ने दुरदृष्टि लिएर सञ्चालन भै रहेको सहकारीले समुदायको दिगो विकासमा टेवा पुर्याउनका लागि सस्था आत्मनिर्भर बनाई वर्तमान प्रविधिको उच्चतम् प्रयोग गर्दै सदस्यलाई सेवा प्रवाह गरिरहेको अध्यक्ष गौतमद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले वार्षिक साधारणसभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो । संस्थाद्वारा पुरस्कृत हुनेहरुमा व्यक्तिगत बचत तर्फ दुर्गा प्रसाद पोख्रेल, साधारण बचत तर्फ सन्तोस गामी, कर्मणी नियमित बचत तर्फ सुनिता सुब्बा, कर्मणी पेन्सन बचत तर्फ उर्मिला राई, बाल बचत तर्फ आयुश विष्ट,खुत्रेके बचत तर्फ कविता सेलेहिम, जेष्ठ नागरी बचत तर्फ साङ्गमाला तामाङ्ग र उत्कृष्ट कर्जा तर्फ बम बहादुर फ्याकलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद दाहाल, सानो केर्खा टोल विकास संस्थाका अध्यक्ष लालप्रसाद बोखिम, कमल उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत सदस्य दुर्गा प्रसाद बनियाले गरेका थिए भने, कार्यक्रम सञ्चालन सचिव लेखनाथ सुवेदीले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...